२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन

२३ असार २०७६, सोमबार ०६:००

केदार मगर, असार २३, खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् ।

उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा लगाएका छन् । यसभन्दा अघि विभिन्न पेशा तथा व्यवसायमा आबद्ध उनीहरु आफ्नै लगानीमा गाउँमै स्वरोजगार हुने उद्देश्यले माछापालन शुरु गरेका हुन् । 

पौरखी माछापालन समूह नामको आधिकारिक संस्था दर्ता गरेर शुरु गरिएको पोखरीमा पहिलो चरणमा २२ हजार माछाका भुरा हालिएको संस्थाका सचिव सन्तराज राईले बताउनुभयो । “अहिले एउटा माछा आधा केजीसम्मको भएको छ”, उहाँले भन्नुभयो, “आगामी भदौ पहिलो हप्तादेखि बिक्री गर्ने योजना बनाएका छौँ ।”

प्रतिव्यक्ति रु एक हजार ८०० का दरले लगानी गरेर शुरु गरिएको माछापोखरीमा अहिले रहरलाग्दा किसिमको माछा देख्न सकिन्छ । व्यावसायिकरूपमा लगाइएको माछा हेर्न स्थानीयदेखि बाह्य कृषकसमेत आउने गरेको उनीहरुको भनाइ छ । 

प्रत्येक दिन बिहान, दिउँसो र बेलुका गरी दिनमा तीनपटक घाँस लगाउनुका साथै हेरचाह गर्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष महेन्द्र राईले बताउनुभयो । “अहिले हामी आफैँले समय मिलाएर हेरचाह गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा अन्य युवालाई समेत रोजगारी दिने उद्देश्यले थप विस्तार गर्ने तयारी गरिएको छ ।”

चौध रोपनी क्षेत्रफल जग्गा रहेको उक्त ठाउँमा अहिले पहिलो चरणमा सात रोपनी जग्गामा मात्र पोखरी निर्माण गरेर माछापालन गरिएको छ । अहिलेसम्म कसैको सहयोगविनै शुरु गरिएको माछापालन व्यवसायलाई आगामी भदौसम्ममा थप विस्तार गर्ने तयारी गरिएको समूहले जनाएको छ ।

 प्रतिकेजी रु ४५० देखि ५०० सम्ममा पोखरीमै बिक्री हुने उक्त कमनकार्प र ग्रासकार्प प्रजातिको माछा रतन्छाका सबै भू–भागमा हुने साकेला गाउँपालिकाका कृषि प्राविधिक गणेश राईले बताउनुभयो । “रतन्छामा भौगोलिकरूपमा पारिलो घाम र पर्याप्त पानीको स्रोत तथा माछाका लागि उपयुक्त घाँस पाइन्छ”, उहाँले भन्नुभयो, “स्थानीय युवाले शुरु गरेको व्यावसायिक माछापालन छोटो समयमै प्रभावकारी बन्दै गएको छ ।”

स्थानीय युवा आफैँले कुटो र कोदालो प्रयोग गरेर निर्माण गरिएको माछापोखरीमा अहिलेसम्म नगद लगानी रु एक लाख ५० हजार मात्र भएको जनाइएको छ । उनीहरुले दुई वर्षअघि व्यावसायिक माछापालनका लागि पोखरी निर्माण शुरु गरे पनि गत वर्ष मात्रै सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित मत्स्यपालन तथा प्रवद्र्धन केन्द्रबाट खरीद गरेर ल्याइएको भुरा लगाएका हुन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने रतन्छाका स्थानीयवासीले यसअघिदेखि नै आ–आफ्नो घर नजिकै पोखरी निर्माण गरेर माछापालन गर्दै आएका छन् । उनीहरुले लामो समयदेखि माछापालन व्यवसाय गर्दै आए पनि  संस्थागतरूपमा दर्ता गरेका थिएनन् ।

माछाका लागि उर्वरभूमि रहेको रतन्छालाई माछाको स्रोत केन्द्र बनाउने लक्ष्यका साथ गाउँपालिकाले योजना बनाएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । गाउँपालिका प्रमुख खड्काका अनुसार रतन्छामा यस वर्ष मात्रै दुई लाख बढी कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य