२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि शुरु

२०७६, २३ असार सोमबार १६:५३

असार २३, विदुर । एघारौँ राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि नुवाकोटमा शुरु भएको छ । 

त्रिभुवन त्रिशूली माविको खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन सांसद नारायणप्रसाद खतिवडाले गर्नुभएको थियो । उहाँले खेलकूदलाई स्थानीय तहले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका सदस्य तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का जिल्ला उपाध्यक्ष उद्धव पनेरुले सबै स्थानीय तहले खेलकूदमा लगानी गरी खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सन्तमान तामाङ, विदुरनगरपालिका नगर प्रमुख सञ्जु पण्डित, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललगायतले युवा पुस्ताले पढाइसँगै खेलकूदलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहका विभिन्न विद्यालयका भलिबल, कबड्डी, तेक्वान्दो, उसु, कराते, एथलेटिक्सलगायतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा