२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका दुइ युवा जो विदेशी भूमिमा अस्ताए, घर्ती जापानमा, विक कुवेतमा

२०७६, २४ असार मंगलवार ०४:४१

रामबहादुर थापा, असार २४, बागलुङ । भविलाल घर्ती अब कहिल्यै घर फर्कनुहुने छैन, न फर्कनुहुनेछ ताराबहादुर विक । अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए । घर्ती जापानमा, विक कुवेतमा ।

विकको शुक्रबार राति र घर्तीको शनिबार राति दुःखद् निधन भयो । एक दिनको अन्तरमा बागलुङले दुई युवालाई विदेशमा गुमायो । यतिबेला गलकोट नगरपालिका–११ रिघा र वडा नं २ दुदिलाभाटीमा रहेका परिवार तथा आफन्तजन शोकमा छन् ।

घर्तीको घर रिघागाउँमा पर्छ भने विकको दुदिलाभाटी गौँदीमा । चालीस वर्षीय घर्ती भारतीय सेनाको जागिरबाट निवृत्त भएपछि तीन वर्षअघि जापान पुग्नुभएको थियो । शनिबार राति रेष्टुराँको कामबाट फर्कने क्रममा अचानक रेलभित्रै लड्नुभएका घर्तीको हृदयाघातका कारण निधन भएको जनाइएको छ ।

साइतामा शहरको एक भारतीय रेष्टुराँमा कार्यरत घर्तीलाई अस्पताल पु¥याउँदा चिकित्सकले बाटैमा निधन भएको घोषणा गरेका थिए । “उहाँ कामबाट फर्कने क्रममा रेलमा उभिएरै यात्रा गरिरहनुभएको रहेछ”, गलकोट समाज जापानका संरक्षक सल्लाहकार बेलु थापाले रासससँग टेलिफोनमा भन्नुभयो, “असजिलो भएपछि उहाँ एक्कासि लड्नुभएको भन्ने थाहा भयो ।”

अचेत अवस्थामा रहनुभएका घर्तीलाई रेल कम्पनीकै मानिसले तुरुन्त अस्पताल पु¥याएका थिए । घर्तीको अन्तिम संस्कार यही जुलाई १२ तारिख जापानमै गरिने भएको छ । अन्तिम संस्कारका लागि आवश्यक प्रबन्ध र खर्चको जोहो गलकोट समाज जापानले गर्ने भएको छ । कानूनी प्रक्रिया पु¥याउँदा दाहसंस्कार ढिलो हुने भएको हो ।

समाजले मृत्युको घटनामा परिवारको आर्थिक अवस्था हेरेर राहतसमेत उपलब्ध गराउने गरेको छ । मृतक घर्तीकी श्रीमती मनमाया जापानमै हुनुहुन्छ । आफू गएको छ महीनापछि भविलालले श्रीमतीलाई जापान लग्नुभएको थियो । उहाँका १६ वर्षीय छोरा सविन र १४ वर्षीय सन्देश अहिले भैरहवामा बसेर पढ्छन् । घरमा आमा, भाइ र बहिनी बस्छन् ।

“दाइ कहिल्यै बिरामी भएको थाहा थिएन, एक्कासि हृदयाघात भएर मृत्यु भएको खबर आयो”, बहिनी कुमारीले भन्नुभयो । वडाध्यक्ष डम्मर श्रीषका अनुसार घर्ती परिवारको स्थायी बसोवास रिघा र अस्थायी बसोवास भैरहवामा छ ।

यता, विकको निधनले दुदिलाभाटी गौँदीमा रहेका परिवार र आफन्तजनमा शोक छाएको छ । एघार वर्षअघि रोजगारीको सिलसिलामा कुवेत पुग्नुभएका विकको पनि हृदयाघातका कारण निधन भएको हो ।

विक उच्च रक्तचापका कारण एक महीनादेखि कुवेतको स्थानीय अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । रक्तचापका कारण उहाँको टाउकोमा गम्भीर असर पु¥याएको चिकित्सकले बताएका थिए । 

विक कुवेतको आम्घारास्थित ‘नुर ग्लास उद्योग’मा कार्यरत हुनुहुन्थ्यो । घटनाबारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइएको र शव नेपाल ल्याउने प्रक्रिया शुरु भएको जनाइएको छ । कुवेतमै रहनुभएका गलकोट नगरपालिका–७ मल्मका दल थापाका अनुसार विकलाई कम्पनीबाट राहत दिलाउने प्रयास भइरहेको छ ।

विकका नेपालमा वृद्ध बाबुआमा, श्रीमती र दुई जुम्ल्याहा छोरा छन् । कमाउन विदेश गएको छोराको उतै निधन भएपछि उमरेले ७० नाघेका बुबाआमा सहाराविहीन बनेका छन् । श्रीमती भुमा र दुई छोराको बिचल्ली भएको छ । विपन्नताका कारण विक परिवारलाई जीविका चलाउनै धौधौ छ ।

“श्रीमती सामान्य खेतीकिसानी गर्नुहुन्छ, बुबाआमा वृद्ध भइसक्नुभएको छ”, गौँदीका स्थानीयवासी धना खत्रीले भन्नुभयो, “कमाउने, घर धान्ने मान्छे नै गुमेपछि परिवारमा झन् ठूलो समस्या आइलाग्ने भयो ।” विकका जुम्ल्याहा छोरा गाउँकै विद्यालयमा पढ्छन् ।

पछिल्लो समय हृदयाघातका कारण अल्पायुमै निधन हुने क्रम बढ्दै गएको गलकोट समाज जापानका संस्थापकसमेत रहनुभएका थापाको भनाइ छ । “आजभन्दा २०/२२ वर्षअघि जापानमा कामबाट फर्केपछि कोठामा आएर सुतेको मानिस भोलिपल्ट मृतावस्थामा भेटिने घटना बढी हुन्थे”, उहाँले भन्नुभयो, “तर, अहिले हृदयाघातका कारण अकस्मात हुने मृत्युका घटना बढी हुन थालेका छन् ।”

उहाँका अनुसार पछिल्लो समय जापानमा नेपालीहरुको आत्महत्या दर पनि बढ्दो छ । अस्वस्थकर खानपान, कामको चाप, आरामको कमी, तनाव आदि कारणले हृदयाघातलगायतका स्वास्थ्य समस्या निम्तिएको हुनसक्ने थापाको बुझाइ छ । जापानी कम्पनीमा छ÷छ महीनामा श्रमिकको स्वास्थ्य परीक्षण हुने गरे पनि होटल, रेष्टुराँ क्षेत्रमा त्यो सुविधा नभएको बताइन्छ ।

आफूलाई के स्वास्थ्य समस्या छ भन्ने थाहै नपाई मानिस आकस्मिक मृत्युको शिकार बनिरहेको छ । विदेशमा कार्यरत नेपाली श्रमिकले नियमित स्वास्थ्य परीक्षणसँगै कामको प्रकृतिअनुसार आवश्यक सजगता अपनाउनुपर्ने देखिन्छ । जापानलगायतका देशमा रहेका नेपालीमा ऋणको बोझ र तनावले पनि स्वास्थ्यमा असर पु¥याइरहेको बताइन्छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको आँकडाअनुसार आव २०६७÷६८ देखि गत आवसम्ममा पाँच हजार ८३२ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो । 

सन् २०१५ मा एक हजार नेपाली श्रमिकको विदेशमा मृत्यु भएकामा बागलुङका मात्र २२ युवा थिए । अधिकांश नेपालीको मृत्यु हृदयाघात र विभिन्न स्वास्थ्य समस्याका कारण हुने गरेको पाइएको छ । कार्यक्षेत्र र सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्या भने कम देखिन्छ । 

सरकारी आँकडाअनुसार मलेशियामा सबैभन्दा धेरै नेपाली श्रमिकको मृत्यु हुने गरेको छ । पछिल्लो समय बोर्डले श्रम स्वीकृतिपूर्व दिइने तालीममा स्वास्थ्यसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्न थालेको छ । विसं २०५० यता ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा