२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका ३ बालकको भारतबाट उद्धार

२०७६, २५ असार बुधबार १३:०७

कृष्ण बिष्ट | असार २५, बैतडी | पछिल्लो समय भारत सँग सिमाना जोडिएको जुलाघाट नाकाबाट श्रमिकका लागि बालबालिका भारत जाने क्रम बढेको छ  । एक हप्ता अघि जिल्ला प्रहरी कार्यालयको टोलिले २ बालबालिकाको उद्धार गरी परीवारको जिम्मा लगाइएकोमा हिजो (मंगलबार) पनि ३ बालबालिकाको भारतको पिथौरागडबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 

मंगलबार सिमा प्रहरी चौकी झुलाघाटले भारतिय प्रहरी सँग समन्वय गरी पिथौरागडबाट सुर्नया गाउपालिकाका किसन दमाइका छोरा १७ वर्षीय पुस्कर दमाइ, दोगडाकेदार गाउपालिका ३ का गजेन्द्र भुलका छोरा १७ वर्षीय लक्ष्मण भुल र सोहि ठाउका गणेश भुलका छोरा १७ वर्षीय प्रकाश भुलको पिथौरागड बाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेयले जानकारी दिनुभयो । बालश्रमिकको रुपमा भारतमा काम गरीरहेको सुचनाका आधारमा भारतीय प्रहरी सँग समन्वय गरी उद्धार गरिएको उहाले बताउनुभयो । 


तिन वटै बालकका अभिभावक सहित सुर्नाया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष दिनेश प्रसाद भट्टलाई प्रहरी कार्यालयमा बोलाई जिम्मा लगाइएको प्रहरी कार्यालयले जनाएको छ । यस अघि गत शनिबार जिल्ला प्रहरी कार्यालय बैतडीले बालमजदुरको रुपमा भारत तर्फ गरिरहेका दार्चुलाका २ बालकलाई उद्धार गरि अभिभावकको जिम्मा लगाएको  थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा