३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

घोराहीमा अर्को व्यवस्थित तरकारी बजार

२७ असार २०७६, शुक्रबार ०५:०८

असार २७, घोराही । बजारका सडक छेउछाउमा तरकारीको अस्तव्यस्त व्यापार हुन थालेपछि त्यसलाई व्यवस्थित गर्न घोराहीमा फेरि अर्को तरकारी बजार बनेको छ । घोराहीको वडा नं १४ नयाँबजारमा विगत १५ वर्षदेखि तरकारी हाटबजार सञ्चालनमा छ । तर बजार, जनसङ्ख्या र उपभोक्ताको माग बढ्दै जादाँ एउटा मात्र तरकारी बजारले धान्न नसकेपछि अर्को तरकारी बजार बन्न थालेको हो ।बजारको चोक र गल्लीमा हुने तरकारी र फलफूलको व्यापारलाई व्यवस्थित पार्न अर्को तरकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ ।

घोराहीको घरेलु तथा साना शिल्पकला उद्योगको करीब एक बिघा सरकारी जग्गामा उक्त कृषि हाटबजार निर्माण भएको हो । सङ्घीय सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत आएको रु ५० लाख र घोराही उपमहानगरपालिकाको करीब रु आठ लाखमा कृषि हाटबजार बन्न लागेको हो । घोराही उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार उपमहानगरको आफ्नै जग्गा नभएको कारण अस्थायीरूपमा टिन, फलाम र केही कङ्क्रिटका टहरा बनाइएको छ ।

कृषि हाटबजार निर्माणको रेखदेख गरिरहनुभएका इञ्जिनीयर श्रेष्ठ अहिले खुला आकाशमुनि बसेर तरकारीको व्यापार गरिरहेकालाई व्यवस्थित गर्ने प्रयास मात्र गरेको बताउनुहुन्छ । “अहिले करीब रु ५८ लाख बजेट थियो । त्यसले सबै संरचना निर्माण गर्न पुगेन”, उहाँले भन्नुभयो, “आगामी वर्ष पनि बजेट आयो भने यसलाई थप व्यवस्थित गरिनेछ ।” उहाँका अनुसार तरकारी हाटबजारमा अझै धेरै निर्माण सामग्री बन्न बाँकी रहेको छ । पछिल्लो चरणमा तारबार, घामपानीबाट रोक्ने घर, सार्वजनिक शौचालय, कार्यालयलगायतका निर्माणको काम मात्र हुनलागेको छ ।

कृषि हाटबजार निर्माण समितिका अध्यक्ष केशव ढकाल निर्माणपछि यसको सम्पूर्ण जिम्मा उपमहानगरपालिका अन्तर्गत वडा नं १५ र टोल विकास संस्थाले लिने बताउनुहुन्छ । हाटबजारमा पश्चिमतर्फ २० र दक्षिणतर्फ १७ गरी ३७ तरकारीका स्टल निर्माण भएका छन । त्यसको प्रमाणित हुन र केही संरचना बनिरहेको हुँदा त्यहाँबाट तरकारीको व्यापार हुन केही समय लाग्ने उहाँले बताउनुभयो ।

 अहिले त्यहाँ खुला आकाशमा तरकारी बेचिरहेकाहरुले दैनिक रु ३० तिर्दै आइरहेका छन् भने ढकियामा रु दुई÷चार सयको तरकारी बेच्नेले पनि पैसा तिर्नुपरिरहेको छ । तरकारी बजारमा कर्मचारी राख्ने, सरसफाइ गर्नेलगायतका काम भने वडा नं १५ को अमृत टोल विकास संस्थाले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ