२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६, २७ असार शुक्रबार ०५:१८

असार २७, रोल्पा । सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् ।

‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’

२२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ ।

बस्तीमुनि चालवाङ खोला सुसाइरहेको छ । गाउँलेका अनुसार ठाडो खोलामा आउने भेलले बर्से्नि बस्तीको तल्लो भूभाग कटान गर्दै आएको छ। २०४५ सालयता बस्तीको पुछारमा पहिरो जान थालेको सुनछहरी गाउँपालिका–२ का वडाध्यक्ष टेमन घर्तीमगर बताउँछन् ।

पहिरोपीडित थमन बुढाका अनुसार पटकपटक वर्षात्मा गरी चालवाङका १० वटा घर पुरिएका छन्। बर्खामा बस्ती छाड्नाले मानवीय क्षति भएको छैन ।

गाउँमा पहिरो जान थाल्दा देशमा पञ्चायती व्यवस्था थियो। बहुदल आयो। गणतन्त्रसमेत आयो । तर, चालवाङवासीको दुःख हटेको छैन । बस्ती पहिरोको जोखिममा परेपछि गाउँले घरबारी माया मारेर गोठतिर बसाइँ सर्छन् ।‘यस वर्ष पनि मकैबाली लगाएर गाउँले अग्ला डाँडाका गोठतिर उक्लिसकेका छन्’, स्थानीय स्वास्थ्यकर्मी दिया घर्तीमगर भन्छिन् ।

पहिरो जानुअघि चालवाङमा ६२ घरपरिवार थिए । तीमध्ये ४० घरपरिवार विस्थापित भइसकेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खेमबहादुर बुढाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ