२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको जलेश्वर कारागार जलमग्न

२७ असार २०७६, शुक्रबार १२:५८

 असार २७, गौशाला । दुई दिनदेखिको नियमित वर्षाका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाकोसमेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार जलमग्न बनेको छ ।

मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको निमित्त जेलर मकसुदन महासेठले बताउनुभयो । राणाकालीन उक्त कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाका बेला यो कारागार जलमग्न बन्ने गरेको निमित्त जेलर महासेठ बताउनुहुन्छ ।

कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म दुई फिटसम्म पानी जमेको छ । त्यसैगरी कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भए पनि बाहिरको पानी भित्र प्रवेश गरेर पानी जमेर कारागारको अवस्था अस्तव्यस्त भएको चौकीदार (मूल कैदी) श्यामसुन्दर यादवले बताउनुभयो ।

चार सय ६३ कैदीबन्दी रहेको जलेश्वर कारागारमा वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न समस्या भएको चौकीदार यादवले जानकारी दिनुभयो । 

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेकसमेत वर्षाको पानीले प्रभावित बनेको जनाइएको छ । सुरक्षाकर्मीलाई पानीमै ड्युटी बस्नुपरेको छ । पानीले कारागारको प्रशासनिक कामकाजसमेत प्रभावित भएको जेलर महासेठले बताउनुभयो ।

समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक मौखिक आग्रह र लिखित पत्राचार गर्दा पनि कुनै सुनुवाइ नगरेकाले समस्या हुने गरेको महासेठले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य