२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा नदीमा साइरन जडानदेखि प्राथमिक उपचार तालीमसम्म

२०७६, २९ असार आईतवार ११:०९

असार २९, भीमदत्तनगर । मुलुकभर वर्षापछि बाढीपहिरो जस्ता विपद्ले जनधनको क्षति भइरहेका बेला कञ्चनपुरमा भने त्यसको पूर्वसावधानीका लागि स्थानीय निकाय अग्रसर भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका सबै स्थानीय तह गैरसरकारी संस्था तथा सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न आग्रह गरेको छ । 

कञ्चनपुर जिल्लाका बाढी प्रभावित हुनसक्ने क्षेत्रमा सुरक्षित ठाउँको समेत पहिचान गर्न स्थानीय तहलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । यहाँको लालझाँडी गाउँपालिका र महाकाली नगरपालिकाका केही बस्ती डुबानको उच्च जोखिममा रहेका छन् ।

महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई पनि सचेतना अपनाउन आग्रह गरिएको छ । विपद् व्यवस्थापन समितिले यहाँको महाकाली नगरपालिकाको कुतियाकवर, मायापुरी, जामुनघाडी, राप्ती टोललाई डुबानको उच्च जोखिममा राखिएको छ ।

लालझाडी गाउँपालिकाको नन्द गाउँ, डुङ्गा, बल्मी, गौरी, होरीमोहना गाउँलाई पनि डुबान हुनसक्ने क्षेत्रमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

महाकाली नगरपालिका महाकाली र जोगबुढा नदीमा आउने बाढीको उच्च जोखिममा रहेको छ  भने यहाँको दक्षिण क्षेत्रमा दोदा र मछेली नदीले बढी नोक्सान पु¥याउँदै आएको छ ।“सुरक्षा निकायलाई तयारी हालतमा राखिनुका साथै विभिन्न नदीमा पानीको सतहमापन गर्न साइरन जडान गरिएको छ” प्रजिअ वैद्यले भन्नुभयो–“जिल्लामा दातृ संस्थासित रहेको राहतको लगत पनि बुझ्दैछौं ।”

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले पनि विपद्को बेला हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै जिल्लाभरि रहेका उप–शाखाहरुमार्फत पूर्व तयारीमा जुटेको छ । “बाढी आउँदा बढी क्षति हुने दक्षिण क्षेत्रमा नदी किनारमा हामीले समूह बनाएर उद्धार तथा प्राथमिक उपचार तालीम पनि दिएका छौं ।” 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्रमुख मनोजप्रसाद उप्रेतीले भन्नुभयो–“केही दिनअघि मछेली नदीको उद्गमस्थलमा पनि ‘वायोमेट्रिक सिस्ट्म’ जडान गरिएको छ ।” 

महाकाली नदीमा दार्चुलाको दत्तु र डडेल्धुराको परिगाउँमा बाढीको पूर्व सूचना दिने मेसिन जडान गरिएको छ । परिगाउँबाट कञ्चनपुर पानी पुग्न करीब आठ घण्टा समय लाग्ने भएकाले त्यो समयमा बाढी प्रभावित क्षेत्रमा पूर्व तयारीको पर्याप्त रहेको जिल्ला रेडक्रस सोसाइटीले जनाएको छ । 

रेडक्रसको जिल्ला शाखामा २०० परिवार र क्षेत्रीय स्टोरमा चार हजार परिवारलाई पुग्ने गैरखाद्य राहत भण्डारण गरिएको कार्यालय प्रमुख उप्रेतीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयको गत वर्षको तथ्याङ्कले वर्षात्का बेला जिल्लामा ६० हजारदेखि ६५ हजार जनसङ्ख्या प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह