२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा पाँच दिनपछि घाम

२९ असार २०७६, आईतवार ११:१२

असार २९, बर्दिवास । पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ । गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो ।

आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझंै आक्रान्त छन् । जिल्लाका गाउँ÷नगर बस्ती वर्षा र बाढीको पानीले अझै डुबेका छन् । पछिल्लोपटक पाँच दिनको अविरल वर्षासँगैको बाढीले जिल्लाका १५ वटै स्थानीयतहका गाउँ/नगर बस्तीका गरी ४० हजार व्यक्ति प्रभावित भएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । 

जिल्लामा यसपटक बाढीले बगाएर बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठा बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले पूर्व–पश्चिम राजमार्गको भब्सीपुल बगाएपछि अझै सो ठाउँमा यातायात सञ्चालन हुनसकेको छैन् । वर्षा र बाढीले धेरै नोक्सान सडक, पुल–पुलेसा र निर्माणाधीन योजनामा पु¥याएको छ ।

यसबाहेक सयौं बिघा उप्जाउ जग्गा बाढीले कटान गरेको छ । धेरै दिनपछिको वर्षाले पानी पर्याप्त भए पनि खेत खनजोत गर्न खेतमा जमेको बाढी पानीले अप्ठ्यारो परेको छ । अघिल्लो मध्य जेठताका राखिएको धानको ब्याड खडेरीले सकेपछि राखिएको ब्याडको बीउ अझै रोप्ने बेला पनि नभएको किसानले बताएका छन् ।

किसानलाई अहिले धेरै सकस घरपालुवा पशु बस्तुबाट भएको छ । चरणक्षेत्र पानीले डम्म भरिएपछि बस्तु डुलाउने ठाउँ नभएको र भूइँ घाँस पनि पानीले छोपिएकाले आहारा जुटाउन सकस भएको किसान बताउँछन् । 

पाँच दिनपछि घाम झुल्किदा अब राम्ररी काम गर्न पाइने आशा किसानको छ । तर, आकासमा बादल अझै मडारिन रहेको देखिँदा भने बाढीको त्रासदी मेटिन नसकेको सर्वसाधारण बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य