२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा बाढीले बगाउँदा दुई बालक बेपत्ता

२०७६, २९ असार आईतवार १६:१४

 असार २९, गौशाला । महोत्तरीमा बाढीले बगाउँदा दुई बालक बपेत्ता भएका छन् । बाढीले बगाउँदा जलेश्वर नगरपालिका–८ का १२ वर्षीय प्रशान्त ठाकुर तथा पिपरा गाउँपालिका–३ का १३ वर्षीय युवराज ठाकुर बेपत्ता भएका हुन् । 

बजराई गाउँबाट किनमेल गर्न जलेश्वर जाने क्रममा बाढीले दुवै बालकलाई बगाएको हो । बेपत्ता दुवैको नेपाली सेना र नेपाल प्रहरीले  खोजी गरिरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।  

पूर्वपश्चिम राजमार्गको भब्सीमा वैकल्पिक मार्ग सञ्चालनमा

पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने भब्सी नदीमा आज साँझ वैकल्पिक मार्ग (डाइभर्शन) सञ्चालनमा आएको छ । शुक्रबार मध्यरातमा पुल बगेपछि वारि र पारि थन्किएका सयौँ सवारी साधन आज साँझ वैकल्पिक मार्ग (डाइभर्शन)  खोलिएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

पुल बगेपछि कतिपय सवारी साधन शनिबार बिहानैदेखि बर्दिवास जलेश्वर सडकको औरही हुँदै गौशालाबाट फेरि पूर्वपश्चिम राजमार्ग समातेर चलेका थिए । बाढीले बर्दिवास जलेश्वर सडक कैयौँ ठाउँ खङ्गारिएर खाल्डो बनेकाले ठूला सवारी साधन चलाउन अप्ठ्यारो हुँदै आएको थियो । 

बगेको पुलकै छेउबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, सडक डिभिजन कार्यालय जनकपुर र स्थानीय स्वयंसेवी युवाको लगातार दुई दिनको प्रयत्नले आज साँझ वैकल्पिक मार्ग बनेपछि सवारी साधनको सहज आवागमन खुलेको हो ।

वर्षा र बाढीको सम्भावना अझै रहेकाले बगेको पुलकै ठाउँमा बेलिब्रिज जडान गर्ने तयारी थालिएको छ । बेलिब्रिज जडान कार्यमा एक सातासम्म लाग्नसक्ने सडक डिभिजन कार्यालय जनकपुरले जनाएको हो । 

बर्दिवासमा बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालय लहानबाट ल्याइँदै गरिएको र जडानका लागि दक्ष कामदार काठमाडाँैबाट झिकाइएका छन् । २०२६ सालमा तत्कालिक शोभियत सङ्घको सहयोगमा निर्मित ५० मिटर लम्बाइको सो पुल बीचको अवधिमा एक पटक मर्मतसम्भार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह