२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा अस्पतालको सेवा पुनः सञ्चालन गर्न माग गर्दै स्थानीय आन्दोलित

३० असार २०७६, सोमबार ०५:२५

असार ३०, डडेल्धुरा । चार दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सेवा पुनःसञ्चालन गर्नुपर्ने माग गर्दै डडेल्धुरा सदरमुकामका स्थानीयवासीले आइतबार जुलुस प्रर्दशन गरेका छन् ।

विगत चार दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुनुका साथै डाक्टरले जिल्ला छोडेपछि अस्पतालको सेवा ठप्प भएको भन्दै तत्काल अस्पतालको सेवा पुनःसञ्चालन गर्नका लागि जिल्ला सदरमुकामवासीले आन्दोलन गरेका हुन् ।

बागबजारबाट निकालिएको ¥यालीले जिल्ला प्रशासन कार्यालयमा पुगी अस्पतालको सेवा तत्काल सञ्चालन गरी मानिसको स्वास्थ्य सेवा पाउने अधिकारको रक्षा गर्न माग गर्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । तत्काल अस्पतालको सेवा सञ्चालन नगरे कडा आन्दोलनमा उत्रिने स्थानीयवासी प्रकाश जैरुले बताउनुभयो । अस्पतालको सेवा पुनःसञ्चालन गर्नका लागि पहल भइरहेको प्रजिअ पौडेलले बताउनुभयो ।

अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै डाक्टरमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै डडेल्धुरा अस्पतालका नि मेसु जीतेन्द्र कँडेलबाहेकका अन्य १० जना डाक्टरले जिल्ला छोडेपछि डडेल्धुरा अस्पतालको ओपिडी सेवा पूर्णरुपमा बन्द हुँदा आकस्मिक सेवासमेत प्रभावित बनेको छ । चार दिनदेखि अस्पतालको ओपिडी सेवा बन्द हुँदा डडेल्धुरासहित सुदूरपश्चिमका अन्य छ पहाडी जिल्लाका बिरामी मर्कामा परेका छन् ।

डडेल्धुरा अमरगढी नगरपालिका–११ का रमेश खड्काको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि उपचारका लागि भारत लग्दै गर्दा बाटोमै मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा शव परीक्षण गर्दा मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै डाक्टरमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य