२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा डेढ दर्जन घर पहिराले भत्कायो, सयौँ घर जोखिममा

२०७६, ३० असार सोमबार ०५:३४

असार ३०, उदयपुर | पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् ।

जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहिरोले भत्काएको र केही घर पहिरोले पुरेको उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो । यता जिल्लाको मध्य पहाडी उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको ४ बलाम्ता क्षेत्रमा समेत पहिरोको कारण तीन दर्जन घर भत्कन थालेको र बलाम्ताको पर्शुराम पद्मा मावि विद्यालयसमेत पहिरोको जोखिममा परेको स्थानीय समाजसेवी कुमार राईले बताउनुभयो ।

  जिल्लाको पश्चिमी पहाडी गाउँपालिका ताप्लीको वडा नम्बर २ पनि चार घर पहिरोले भत्काएको ताप्ली गाउँपालिकाको अध्यक्ष उद्धवसिंह थापाले बताउनुभएको छ । उदयपुर गढी र लिम्चुङबुङ गाउँपालिकाका धेरै वडामा घर पहिरोले भत्काउन र तान्न थालेपछि अहिले सयौँ स्थानीय घर छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गइसकेको पनि सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

 जिल्लाकै रौतामाई गाउँपालिकाको सुनकोशी किनार क्षेत्रको अँधेरी छामलिङ, आँपटार खयसरबास क्षेत्रमा पनि पहिरोको कारण सयौँ घर अहिले जोखिममा पर्न थालेको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले जानकारी गराउन भएको छ ।

 उदयपुरका प्रमुख जिल्ला अधिकार ध्रुवबहाुर खड्कासँग जानकारी माग्दा अहिले जिल्लामा दर्जनौँ घरलाई पहिरोले भत्काइसकेको र धेरै घर जोखिममा रहेको आफूसँग सूचना आएको तर मानवीय क्षति भने नभएको बताउनुभयो । पहिरो जाने क्षेत्र र जोखिममा परेका क्षेत्रका स्थानीयलाई सतर्क बस्न लगाइएको कारण उनीहरु सुरक्षित स्थानतर्फ रहेको कारण पनि ज्यानको खतरा नरहेको प्रजिअ खड्काले बताउनुभयो । 

त्यसैगरी निरन्तर वर्षाको कारण उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्र, मध्य पहाडी र पश्चिमी पहाडी क्षेत्रका सडकमा पहिरो खसेपछि अहिले यातायात सेवा सञ्चालन कार्य पूर्णरुपमा बन्द हुन पुगेको छ । जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्र रौता, आँपटार, फोक्सिङटार, साउने खाँबु सञ्चालन हुने सडक खण्डमा पहिरो खसेर रुखसमेत ढलेर सडक अवरुद्ध भएपछि यस क्षेत्रका सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै