४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो

१ श्रावण २०७६, बुधबार ०५:३३

साउन १, उदयपुर | पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट–कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ ।

चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन थालेपछि पुल उच्च जोखिममा पर्न थालेको ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ । पुलको पूर्वपट्टिको छेउको पिलरसँगै झण्डै १० मिटर लम्बाइको पर्खाल भत्कन थालेपछि तत्काल पुलको संरक्षण गर्न पूर्वी भागमा सवारी सञ्चालनमा रोक लगाएर पुलको पश्चिमी भागबाट मात्र सवारीसाधन सञ्चालन गर्नेगरी एकतर्फी क्षेत्रबाट सवारी आवतजावत शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय गाईघाटका प्रमुख दिनेश चौधरीले बताउनुभयो ।

पुलको पूर्वी भाग भत्कन थालेपछि ठूला सवारीसाधनका कारण पुल तत्काल भत्कन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वी क्षेत्रको रुट बन्द गर्दै पश्चिमी क्षेत्रबाट एकतर्फीरूपमा मात्र सवारी सञ्चालन अनुमति प्रदान गरिएको ट्राफिक प्रहरी कार्यालय गाईघाटले बताएको छ ।

त्रियुगा पुल उच्च जोखिममा पर्न थालेपछि तत्काल पुलको भत्किएको भाग पुनःमर्मत वा निर्माण शुरु गर्ने त्रियुगा नगरपालिका गाईघाटले जनाएको छ । नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार त्रियुगा पुलजस्तो महत्वपूर्ण भौतिक सम्पत्तिलाई नगरपालिकाले भत्कन नदिने र तत्काल पुलको पुनःमर्मत कार्य शुरु गरिन लागेको पनि प्रमुख चौधरीले बताउनुभयो ।

यसका लागि नगपालिकाले तत्कालै दुई जेसिभी प्रयोग गरेर पुलमुनिको माझ भागबाट पानीको सतह खोल्ने, पुलको छेउको पिलर र भत्किएका पर्खाल निर्माण गर्ने र खाल्डा पुर्ने काम शुरु गरिन लागेको पनि प्रमुख चौधरीले बताउनुभयो । 

ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ । समयमै पुलको संरक्षण हुन नसके सदरमुकाम गाईघाट हुँदै अन्यत्रबाट आवतजावत गर्ने सम्पूर्ण यातायात सञ्चालन नै ठप्प हुने अवस्था आउने हुनाले पनि समयमै पुलको संरक्षण गर्न आवश्यक रहेको यातायात व्यवसायीहरूले बताएका छन् । उक्त पुल विसं २०६३ मा निर्माण शुरु भई २०६६ मा निर्माण सम्पन्न भएको थियो ।रु आठ करोडमा निर्माण भएको उक्त पुलको लम्बाई १२० मिटर र चौडाइ आठ मिटरको रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ