२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आमा–छोरी मिलेर होटलमा यौनधन्दा, यसरी खुल्यो पोल

२०७६, १ श्रावण बुधबार १७:१२

साउन १, वीरगञ्ज । बाराको पथलैयाबाट अघिल्लो बुधबार १७ वर्षीया किशोरी बेपत्ता भइन् । किशोरी बेपत्ता भएपछि परिवारले प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय, सिमराले अनुसन्धान थाल्यो । अनुसन्धानको क्रममा किशोरी अल्पाइन अस्पतालको बेडमा भेटिइन् । 

चिकित्सकहरुको सल्लाह बमोजिम किशोरीलाई अल्पाइन अस्पतालबाट रिफर गरेर थप उपचारका लागि नारायणी अस्पताल लगियो । नारायणी अस्पतालमा उनको होस खुल्यो र किशोरीले दिएको बयानको आधारमा उनिमाथि जबरजस्तीकरणी भएको रहस्य खुल्यो । उनले भने अनुसार उनलाई जीतपुर सिमरा उपमहानगर–१, पथलैयास्थित होटल संगालो एण्ड गेष्ट हाउसमा जर्बजस्ती करणी भएको पोल खुल्यो ।

किशोरीलाई २२ गते असारको दिन बिहान सिमराकी २१ वर्षीया सीनाराय कुर्मीले ललाइफकाई होटल संगालो एण्ड गेष्ट हाउसमा पुर्याएकी थिइन् । जुन होटल आमा–छोरी मिलेर सञ्चालन गरेका थिए ।

पीडितको बयानअनुसार किशोरीलाई आर्थिक प्रलोभन देखाएर नशालु पेय पदार्थ खुवाइएको थियो । त्यसपछि ढोका थुनेर किशोरीलाई एक कोठामा राखियो । भोलिपल्ट साँझ केही युवाहरुले किशोरीलाई जबरजस्ती करणी गरेको किशोरीले बताएकी छन् । किशोरीलाई ललाई फकाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिएको खुलेको प्रहरीले अनुसन्धान बाट पत्ता लगाएको छ । आर्थिक लाभसँगै कपडा र मोबाइल किनिदिने प्रलोभनमा परेर किशोरीलाई होटलसम्म पुर्याईएको अनुसन्धान अधिकृतहरुले बताएका छन् । 

स्वास्थ्य परीक्षणपछि किशोरीसंग शारीरिक सम्बन्ध राखिएको पुष्टि भएको प्रहरीले जनाएको छ । पीडितको आमाले किटानी जाहेरी दिएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा होटल सञ्चालिका आमाछोरी पूर्णिमा राय र सीनाराय कुर्मीसहित करणीमा संलग्न विशालकुमार गुप्ता छन् । 

अनुसन्धानमा खटिएका अधिकारीहरुको अनुसार कानुनतः १८ वर्ष पूरा नभएकासँग सहमतीमै सम्बन्ध भएपनि जबरजस्तीकरणी मानिन्छ । पक्राउ परेका आमा–छोरीले आफ्नो कसूर स्वीकारिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने