२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडाबाट लागुऔषधसहित दुई पक्राउ

२ श्रावण २०७६, बिहीबार ०७:२१

साउन २, हेटौँडा |  मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालयको टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना१४प ३२४५ नंको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार भुजेलले पछाडि भिर्ने झोलामा लुकाईछिपाई ल्याउँदै गरेको लागुऔषध वानरेक्स एक सय एम एलको १०० बोतल फेला परेपछि निजहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबर्जस्तीकरणी मुद्दामा अदालतले दोषी साबित गरेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । फरार रहेका जिल्ला मकवानपुर हेटाँैडा उपमहानगपालिका–६ बस्ने ४४ वर्षीय पुण्यप्रसाद चौलागार्इंलाई प्रहरीले पक्राउ गरेको हो । 

चौलागाईंलाई जिल्ला अदालत मकवानपुरको मिति २०६९ साल चैत ६ गतेको फैसला र पुनरावेदन अदालत हेटौँडाबाट २०७१ साल असार १७ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय तोकेको थियो ।  

जिल्ला प्रहरी टोलीले दुई दिनअगाडि असार ३१ गते पक्राउ गरेको र आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । चौलागाईंलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार भीमफेदी पठाइएको जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा