३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एक वर्षमा एक हजार उद्योग थप

३ श्रावण २०७६, शुक्रबार ११:५५

साउन ३, घोराही । दाङमा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ वटा उद्योग दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख वासुदेव रिजालका अनुसार जिल्लामा आव २०७४/७५ मा एक हजार दुई उद्योग दर्ता भएका थिए ।

थपिएका उद्योगमा रु एक अर्ब ३८ करोड पाँच लाख २९ हजार ४७ लगानी भएको प्रमुख रिजालले बताउनुभयो । सो बाट रु एक करोड तीन लाख ७९ हजार पाँच सय पाँच राजश्व सङ्कलन गरिएको छ । 

एक वर्षको अवधिमा ७८२ उद्योग नवीकरण गरिएका छन् । दुई वटाको अन्य संशोधन गरिएका, १५५ को लगत कट्टा गरिएको कार्यालय प्रमुख रिजालले बताउनुभयो । पछिल्लो समयमा जिल्लामा उद्योगको सङ्ख्या वृद्धि हँुदै गएको उहाँको भनाइ छ । 

कार्यालयले विभिन्न शीर्षकबाट रु दुई करोड ५२ लाख ६९ हजार ७५६ राजश्व सङ्कलन गर्न सफल भएको छ । उद्योग प्रशासनमार्फत रु एक करोड तीन लाख ७९ हजार ५०५, वाणिज्य प्रशासनबाट रु एक करोड ४३ लाख ६९ हजार ६६०, उत्पादित सामान बिक्रीबाट रु चार लाख ९६ हजार ५९१, बेरुजु दाखिला रु एक हजार र बोलपत्र बिक्री रु २३ हजार राजश्व सङ्कलन गरिएको प्रमुख रिजालले बताउनभुयो ।

कार्यालयले गरेका कार्यबाट सीपमूलक तालीम प्रदान गरी लघु उद्यमीको सङ्ख्या थप भएको, बेरोजगारीलाई रोजगारी प्रदान गर्ने कार्यक्रम आकर्षण बन्दै गएको, प्रविधि हस्तान्त्रण गरी न्यून आयभएका उद्यमीलाई थप हौसला प्रदान भएको, कच्चा पदार्थको उपयोग गर्ने सकिने उद्योग स्थापना गर्न प्रोत्साहन गरेको प्रमुख रिजालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु