२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

करोडौं खर्चिएका गुल्मीका सडकहरु प्रयोग विहिन

२०७२, १२ मंसिर शनिबार १३:०५

gulmi ko moterbatoप्रेम सुनार/मङ्सिर १२, गुल्मी । एउटै जिल्ला गुल्मीमा मात्रै करोडौं खर्चिएका दर्जनौ सडकहरु प्रयोग विहिन बनेका छन् ।

२०६०/६१साल देखि सुरु गरिएको रातडाँडा भञ्ज्याङ्ग, पौदीदर्लिङ्ग मोटरबाटो अहिले सम्मअधुरै हुँदा प्रयोगमा आउन सकेको छैन् । उक्त बाटो सम्पन्न नहुँदा त्यस तर्फ यातयात कष्टकर रुपमा निस्तेखोलाको वाटो आवतजावत गर्ने गरेका छन् ।

त्यस मोटर बाटो समितिका सुरुका अध्यक्ष ज्ञानकुमार बुढाले भने–‘एकिन त म भन्न सक्दिँनतर मेरो जानकारीमा आएअनुसार हाल सम्मकरिव ५० लाख जति खर्च भएहोला । उनका अनुसार पर मुसिकोटमा पुगे पछि ठुलो पहरो प¥यो र रकमनभए पछि अलपत्र परेको हो । मोटरबाटो खनिएको स्थानमा सम्वन्धित जग्गा धनीहरुले खेतीपाती गरेका छन् । मोटरवाटाको नामोनिशाना छैन् ।

सोही भेगकै भञ्ज्याङ्ग nमुसिकोट भर्जुवापास्ती अरेवामोटरबाटो पनि अलपत्र रहेको छ । करिव २२ किलो मिटर दुरीको उक्त सडक करिव ४ किलो मिटर खनिएको छ । जसका लागि एउटै पहराले झण्डै ५० लाख खायो तर त्यो पहरोबाट सडक लैजान नसकेर अन्यत्रबाट लैजाने विकल्प खोजिएको छ । अन्ततःत्यो ५० लाखत्यति कै खेर गएको छ ।

उपभोक्ता समितका संस्थापक अध्यक्ष खुमबहादुर थापाले भने –‘एकिन त वर्तमान अध्यक्ष टेकहरी फुल्देललाई थाह होला तर मेरो जानकारीमा आए सम्महाल सम्मकरिव १ करोड जति खचिएको होला तर रकम अभावका कारण काम अधुरो रहँदा अहिले सम्म प्रयोगमा ल्याउन सकिएको छैन् ।’ उक्त मोटरबाटोमा पनि गाडी गुड्ने सम्भावना नदेखेर जग्गा धनिहरुले खेतीपाती गर्न सुरु गरेका छन भने कैयौंको घर जोखिममा परेको छ ।

उता २०५२ साल देखि खन्न सुरु गरिएको अर्खवाङ्ग सुईरेपोखरा ह्वाङ्गदी हुँदै दर्लिङ्गको मोटरबाटो पनिअहिले सम्म प्रयोगमा आउन सकेको छैन् । स्थानियवासी अर्जुन बुढाका अनुसार हाल सम्मकरिव ५० लाख खर्च भई सक्दा पनि प्रयोगमा आउन सकेको छैन् । उता क्षेत्र नम्वर १ को तुराङ्ग किसीकोट भञ्ज्याङ्ग हुँदै शान्तिपुरु पुराउन खनिएको मोटरबाटो पनि वर्षऔ देखि अलपत्र रहेको छ । त्यसमा पनि पचासौं लाख खर्च भई सकेको छ ।

क्षेत्रनम्वर १ कै ईन्द्रगौडा आँपचौर रिठारुखा हुँदै कुर्घा मालिका कालागि खनिएको करिव २ किलो मोटरबाटोमा हाल सम्मकरिव ५० लाख खर्चिएको छ तर त्यो अनुसारको काम हुन नसक्दा त्यो बाटो पनि प्रयोगमा आउन नसकेको स्थानियवासी सुरेशचन्द्र अर्यालले गुनासो गरे । क्षेत्र नम्वर २ को विरवास जुभुङ्ग जोड्ने सडकमा पनिवर्षऔं देखि लाखौं खर्चियो तर प्रयोगमा आउन सकेको छैन् ।

उपोक्ता समितिकै मानिसहरु अनविज्ञ छन कि रकम कति प¥यो र काम कहाँ गयो भन्ने कुरा प्रति । यि त सडक त एउटा उदाहरण मात्रै हुन् । गुल्मीको एक नगरपालिका र ७५ वटा गाविस मध्ये प्राय सवै गाविसहरुका टोल टोलमा खनिएका मोटर बाटाहरु प्रयोग विहिन रहेका छन् ।

दलका नेताहरुले चुनातवताका घोषणा गरेर पारेका योजनाहरु सरकारमापुगे पछि काम सुरु गरेका छन र सरकारवाट वाहिरीए लगत्तै ति मोटरबाटाहरु पनिअलपत्र परेका हुन् ।

भोट माग्न जाँदा स्थानियवासीलाई अति आवश्यकता र देशले थेग्न सक्ने होस् नहोस् नेताहरुले वल्लो घरबाट पल्लो घर सम्मपुग्ने मोटरबाटो समेत हुन्छ पारी दिन्छु भन्ने गरेका कारण यसरी सरकारी ढुकुटीबाट करोडौं खर्चिएका मोटरबाटाहरु प्रयोग विहिन भएका छन् ।

उदाहरण हेनै धेरै टाडा जानु पर्दैन सदरमुकाम तम्घास कै वेदुखर्क सिस्न्यारा बुट्टाकुरी लैजाने सडक गत २५ वर्ष देखि अलपत्र रहेको छ । यसरी प्राय सवै गाविसका भित्रि मोटरबाटाहरुमा कम्तीमा पनि ५० हजार देखि १० लाख सम्मराज्यको ढुकुटी त्यति कै खेर गएको छ । ति भित्रिबाटमा खर्च भएको रकमले सदरमुकाम देखि गाविस सम्म खनिएका मोटरबाटाहरु पक्कीभई सक्थे र बाटाहरुमा वर्षेनी सोहर्नका लागि खर्च हुने रकमबच्ने थियो ।

अधिकांस गाविसका कतिपय बाटाहरु यस्ता पनि खनिएका छन किजम्मा ७ घरधुरीका लागि २० औं लाख खर्चिको छ । जसको उदाहरण वलिथुमको एक भित्रि बाटोलाई लिन सकिन्छ । यहाँ सम्मकी नेताले आफ्नो खेतबाट धान पराल ओसार्नका लागि पनि मोटरबाटो खनेको उदाहरण देख्न सकिन्छ ।

जुन आम स्थानियवासीका लागि अति आवश्यक पनि देखिदैन र ति सडकहरु सवै स्थानियवासीले उपभोग गर्न यहितालले हो भने अझै ५० वर्ष कुर्न पर्ने देखिन्छ । जति वेला खनेको सडक पनिपुनः सुरु देखि नै खन्नु पर्ने निश्चीतदेखिन्छ । अझ त्यसरी प्रयोग विहिन कतिपय सडकहरुमा वर्षेनी वर्षयाममा बाटो सोहर्ने भन्दै जिल्ला विकास समितिमा रकम माग गर्न आउनेहरुको घुईचो लाग्ने गर्दछ ।

मोटरबाटो सोहर्न समितिका मानिसहरुले लगेको रकम स्थानियलाई थाह हुन्न र कतिपयले त्यो रकम झ्याम पारेर कागजको पानामा मात्रै काम सम्पन्न गर्ने गरेको गुनासो सर्व साधरणहरुले गर्ने गरेका छन् । यस सम्वन्चधमा स्थानियविकास अधिकारी डिलारामपन्थी संग सम्पर्क राख्दाउनले जिल्ला विकास समितिले लगानी गरेका सवै सडकहरुमा अनुगमन गरिने बताए ।

उनले भने–‘जिल्ला विकास समितिले लगानीगरेर खनेका मोटोर बाटाहरु जिल्लाभर साढे नौ सय किलो मिटर सुचारु छ । तर गाविस र जिविसको समेत केहि लगानीमा खनिएका करिव ३ सय किलो मिटर मोटरबाटाहरु सुचारुहुन सकेका छैनन् ।’

विशेष गरी केन्द्रबाट परेको रकम र सडक डिभिजन कार्यालयद्धारा खनिएका मोटरवाटाहरुमा स्थानियको चासो कमहुने र सम्वन्धीत निकायको अनुगमन पनि देखालो मात्रै हुने भएकोले बढि लापर्वाहीति सडकहरुमा हुने गरेको पाईएको छ ।

तस्वीरः जिल्लाभर प्रयोग विहिन मोटरबाटाहरुको प्रतिनिधीमुलक दृश्यका रुपमा ईन्द्रेगौडा आँपचौर कुर्घा मालिकाको अलपत्र मोटरबाटो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला