२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विद्युत्भार कटौतीले कैलालीको जनजीवन प्रभावित

५ श्रावण २०७६, आईतवार १६:०१

 साउन ५, धनगढी । विद्युत्भार कटौतीका कारण कैलालीको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । उखरमाउलो गर्मी बढेका बेला पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको हो । 

“चर्को गर्मीमा बिजुली नहुँदा सास्ती खेप्नुपरेको छ”, धनगढीका  कृष्णराज जोशीले भन्नुभयो, “विद्युत् प्राधिकरणले गुनासोप्रति बेवास्ता गर्दै आएको छ ।” यहाँ भारी वर्षा नहुँदा गर्मी बढ्दै गएको छ । विद्युत्भार कटौती हुँदा उद्योग तथा व्यापार व्यवसाय क्षेत्रसमेत प्रभावित भएको छ  । “बिजुली कति बेला आउँछ केही ठेगान हुँदैन”, धनगढीस्थित कुटानी पिसानी मिलका कामदार वीरबहादुर चौधरीले भन्नुभयो ।

कुटानी पिसानी गर्न ल्याइएको धान र गहुँ पाँच दिनदेखि मिलमै थन्किएको उहाँले बताउनुभयो । धनगढी उपमहानगरपालिका र यस आसपासका क्षेत्रमा लामो समयदेखि विद्युत्भार कटौती हुँदै आएको छ । बिजुली आउने र जाने क्रम नरोकिँदा घरमा टेलिभिजन, रेफ्रिजिरेटर, इन्भर्टरलगायत विद्युतीय सामग्रीमा क्षति पुग्ने गरेको छ । 

विद्युत् प्राधिकरण धनगढी शाखा कार्यालयले भने फल्टका कारण यस्तो समस्या सिर्जना हुने गरेको जनाएको छ । बिजुली आउने जाने भइरहँदा समस्याको पहिचान हुन नसकिरहेको कार्यालयले जनाएको छ । गत जेठ २३ गते गएको हुरीबतासका कारण अधिकांश ठाउँमा बिजुलीका खम्बा भाँचिएका थिए । कतिपय ठाउँमा अझै मर्मत सम्भार हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य