२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा पानी तताउने नयाँ प्रविधी भित्रियो

२०७२, १५ मंसिर मंगलवार २०:३४

प्रेम सुनार । मंसिर–१५, गुल्मी । भारतिय नाकावन्दीले ईन्धन अभाव भईरहेका बेला सस्तो सुलभ मुल्यको पानी तताउने नयाँ प्रविधी गुल्मीमा भित्रिएको छ । ग्याँस, दाउरा र विद्युतिय साधनबाट भन्दा निकै सस्तो मुल्यमा छिटो पानी तात्ने जस्ता-पाताबाट बनेको प्रविधी गुल्मीको सदरमुकाम तम्घास वाजरमा भित्रिएको हो ।

भारतको कस्मीर लगायतका हिमाली भेगम केहि वर्ष अघि देखि प्रयोगमा ल्याईएको हमाम नामक जस्तापातको उक्त प्रविधीलाई यहाँभने कुनै नाम नदिएर पानी तताउने आधुनिक चुलो भनेर पसलले भन्ने गरेका छन् । उक्त प्रविधि लुम्विनी मेटल ट्रेडर्स, वुटवल ५, गोलपार्कले तम्घासको मिलनचोकस्थित आफ्नो शाखा खोलेर भित्राएको हो ।

थोरै दाउराबाट, दाउरा नभए पातपतिङ्गार वा कागजका टुक्रा त्यस गोलो आकारमा रहेको उक्त मेशिनको बाहिरी भागमा पानी सिंचित हुने थर्मस रहेको छ । त्यसको भित्रि भागमा आगो वाल्ने ठाउँ बनाईएको छ । त्यसै मेशिनमा जडित पाईप मार्फत पानी हाल्ने र अर्को पट्टी रहेको धाराबाट तातो पानी १० मिनेटमा खस्ने गर्दछ ।

२८ लिटर देखि ३५ लिटर सम्म पानी तात्ने उक्त प्रविधिको मुल्य २७ सय देखि ३५ सयसम्म पर्ने गर्दछ । जो चार वर्ष सम्म ढुक्कसंग पानी तताउन सकिने लुम्विनी मेटल ट्रेडर्स तम्घास शाखाका अधिकृत विक्रेता राजेश भण्डारीले बताए । भारतिय नाकावन्दीले ग्याँस चुलाको अभाव र त्यो संगै शहरमा दाउराको चुलोबाट पानी तताउन समस्या हुने कुरालाई मध्येनजर गर्दै सजिलो र सस्तो प्रविधी पहिलोपटक गुल्मी भित्राईएको र भित्रिए लगत्तै धमाधम विक्रि भई रहेको उनको भनाई छ ।

जाडो मौसममा नहुाउन, कपडा धुनका लागि निकै सजिलो उक्त पानी तताउने मेशिन तम्घास नयाँवजारमा रहेको अमर होटल लगायत दर्जनौ होटलहरुले समेत सोही स्थानबाट किनेर प्रयोगमा ल्याएको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष बुद्ध थापाले जानकारी दिए । उनले भने– ‘नुहाउन मात्र नभई पिउने पानी तताउन समेत होटलवालाहरुलाई समस्या परेपछि उक्त सस्तो र सजिलो प्रविधी यहाँका होटल व्यवसायीहरुले प्रयोगमा ल्याएका छन् । जसका कारण खान पकाउनका लागि समेत ग्याँसको खपत समेत हुँदो रहेछ ।’

विक्रेता भण्डारीका अनुसार यो प्रविधी भारतिय नाकावन्दीले ईन्धन अभाव भएपछि वुटलवको उक्त ट्रेडर्सले भारतिय मिस्त्री ल्याएर बनाएर पहिलो पटक नेपाली वजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन