८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नाका वन्दीका कारण घरेलु उत्पादनले वजार पायो

१५ मंसिर २०७२, मंगलवार २३:०९

प्रेम सुनार/मंसिर–१६,गुल्मी । भारतिय नाका वन्दीले ईन्धन लगायतको अभाव भए पछि वल्ल अहिले गुल्मीको सदरमुकाम तम्घासमा घरेलु उत्पादनले वजार पाउन थालेको छ । ‘घरको ओदान चुलोबाट हटाएर थन्काईएको थियो । त्यसको हिफाजत नगर्दा हराएछ । अर्को सानो ओदान खिया लागेर काम नलाग्ने भएछ । अहिले ग्याँस नपाएर विस वर्ष पछि दाउराबाट खाना पकाउन सुरु गरेका छौ । त्यसैले ओदान किन्न आएकी हुँ ’–तम्घासकी हरीकला पन्थीले भनिन –‘आखिर दुख पर्दा त आफ्नै मान्छे र आफ्नै वस्तु चाहिने रहेछ जस्तो लाग्यो ।’
पन्थी सहित तम्घास वजारका थुप्रै घर परिवारले घर नजिकैको खाली ठाउँमा वा छतमा दाउराको चुलो बनाएर खाना पकाउन थालेका छन् । कतिपय परिवार भन्छन् –‘विसौं वर्ष पछि दाउराले पकाएको खानाको वेग्लै स्वाद चाख्न पाईयो ।’ जाडोमा आगो ताप्न पनि पाईने , खान पनि पाक्ने किन चाहियो ग्याँस ? के हाम्रा पुर्खाले ग्याँस वालेका थिए र ? भनेर प्रति प्रश्न समेत गर्न थालिएको छ ।

gulmi pic

पक्की घरको डेरामा वस्नेहरुले भुसे चुलो र कराई चुलोमा खाना पकाउन सुरु गरेका छन् । तम्घासका होटलवालाहरुले समेत त्यही चुलो प्रयोग गर्न थालेको होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष बुद्ध थापाले बताए । उनले भने –‘अघिल्लो हप्ता देखि नै दर्जनौ होटलका साथीहरुले ग्याँस नभएर होटल बन्द गर्ने तयारीमा छौं भनेर गुनासो गर्दै हुनुहुन्थ्यो । मैले ग्याँसको मात्रै भर नपरौं गाउँघरे चुलो पनि प्रयोग गरौं भने पछि त्यसै गरिएको छ । ’
तम्घासको देउराली देखि उदिनढुङ्गा सम्मका भाडा पसलहरुमा वुझ्दा ग्याँस अभाव भए पछि भुसे चुलो र कराई चुलोको बिक्रि बढ्दै गएको बताए । थोरै दाउराले पनि खान पाक्ने उक्त चुलो तम्घासका अधिकांस सम्पन्न परिवारले समेत प्रयोग गर्न थाले पछि ग्याँस वाल्ने सदरमुकाम वाहिरका होटल व्यवसायीहरुले पनि प्रयोगमा ल्याउन थालेका छन् ।

gulmi
पश्चिम क्षेत्र नम्वर ३ र उत्तर मुसिकोट पौदीअमराई नेटा दर्लिङ्ग लगायतका गाउहरुमा भाडाकुँडा विक्रि हुने तम्घास उदिनढुङ्गाको रोशनी भाँडा पसल, गंगा हार्डवेर, उदिनढुङ्गा मिलन चोकका नाथकन्या स्टोर, सन्ध्या भाँडा पसल र तम्घास नयाँ वजारको रेग्मी भाँडा पसल , पुतली वजारको न्यु रेसुङ्गा जनरल स्टोर लगायतका भाडा पसलहरुमा भुसे चुलो र ग्याँस चुलो किन्न आउनेहरु बढ्दै जान थालेको बताईयो ।
ति चुलाहरु यहिका मिस्त्रीहरुले पनि पनि वनाउने र वुटवलमा बनेर पनि आउने बताईएको छ । यसरी सदरमुकाम तम्घासकै उच्च घरानले समेत घरेलु उत्पादन गर्न थाल्नुले परनिर्भता कम हुने देखिएको छ ।
तस्वीरः तम्घासका वजारहरुका केहि भाँडा पसलहरुमा भुसे चुलो र कराई चुलाहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा.संजिव कुमार शर्मालाई बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेर फरार आज पनि शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको : कुन्तीकुमारी शाही सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनायो कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे