२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा सुनुवार बस्ती पहिराको जोखिममा

६ श्रावण २०७६, सोमबार ०९:२८

साउन ६, सिन्धुली  | सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै ठाउँमा जमीन चिरा (धाँजो) परेपछि त्यहाँको बस्ती जोखिममा परेको अस्थायी प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक काजीराम पौडेले जानकारी दिनुभयो ।

 भालुभञ्ज्याङमा सुनुवार समुदायको १३ घरपरिवार बस्दै आएको छ । लामो खडेरीका कारण खानेपानीको समस्या झेलिरहेका सुनुवार समुदयलाई वर्षायाम शुरु हुनासाथ अत्यधिक पानी परेका कारण पहिराको जोखिमले आफ्नो जन्मस्थल नै छोड्नुपर्ने बाध्यता आइपरेको वडाध्यक्ष मीनबहादुर सुनुवारले जानकारी दिनुभयो ।

सोलीथुम्का डाँडाको पानीढलो भिरालो क्षेत्रमा रहेको उक्त बस्तीलाई माथिबाट आएको पहिराले पनि थप जोखिम निम्त्याएको नेकपा सिन्धुली जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

जोखिम क्षेत्रको स्थानीय तहका पदाधिकारी, नेपाल प्रहरी र राजनीतिक दलका स्थानीय प्रतिनिधिबाट निरीक्षण गरी बस्ती स्थानान्तरणका लागि उपयुक्त स्थानको खोजी गर्ने र तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । अविरल वर्षाका कारण आएको पहिरोले सोही वडाको सिम्लेमा रहेको मगरबस्तीलाई पनि असर पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान