२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका लागि आइतबारको छिप्पिँदो साँझ भिन्न बन्यो

२०७६, ७ श्रावण मंगलवार ०२:३१

रामबहादुर थापा | साउन ७, बागलुङ | ‘जति माया लाए पनि…’ मधुरो गुञ्जिरह्यो । सङ्गीतप्रेमी झुमिरहे । प्रेक्षालयमा छिनमै गहिरो मौनता छाउँथ्यो । घरी वाहीवाही चल्थ्यो । आइतबारको छिप्पिँदो साँझ बागलुङका लागि भिन्न बन्यो । 

साउन ५ गायक अरुण थापाको स्मृति दिवस । बागलुङमा यसपालि मुर्चुङ्गा कलाकार समूहले अरुणलाई सम्झियो । समूहले २०औँ स्मृति दिवस पारेर ‘अरुण स्मृति साँझ’ को तारतम्य मिलाएको थियो । आफ्ना प्रिय गायकको सम्झनामा गायक किशोर थापा, प्रेम बुढा, हुमन थापालगायत मञ्चमा हुनुहुन्थ्यो । 

वाद्यवादनमा पोखरादेखि आएका विनोद गुरुङ (गितार), मनोज बाँस्तोला (किबोर्ड) र गुप्त गुरुङ (अक्टोप्याड) ले सघाउनुभयो । गायक किशोर थापाले अरुणका लोकप्रिय गीत ‘ऋतुहरुमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्नँ’, ‘चोट के हो व्यथा के हो’ लगायत गाउनुभयो । प्रेम बुढा र हुमनले ‘जति माया लाए पनि’ युगल गाउनुभयो । सामूहिक गायनमा ‘करोडौँ मुटुहरुको’ गुञ्जिँदा दर्शकदीर्घाले पनि सँगै गुन्गुनाए । अरुणका दर्जन बढी चर्चित गीत कार्यक्रममा प्रस्तुत भए । 

गायक अरुण थापाको सम्मानमा स्मृति साँझको आयोजना गरिएको समूहका अध्यक्ष किशोर थापाले बताउनुभयो । “अरुण थापा नेपाली सङ्गीत क्षेत्रको विशिष्ट प्रतिभा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँको व्यक्तित्व र योगदानलाई चिरस्थायी बनाउनुपर्छ ।” अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हाँ’ बिबीसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो ।

नेपाली सुगम सङ्गीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई जान्छ । विसं २००९ माघ ११ गते जन्मनुभएका अरुणको २०५६ साउन ५ मा निधन भएको थियो । ४७ वर्षको छोटो आयु बाँचे पनि अरुणले नेपाली समाजलाई कालजयी गीत दिनुभएको छ ।

विगतमा नेपाल मगर विद्यार्थी सङ्घले ‘अरुण स्मृति साँझ’ को आयोजना गर्ने गरे पनि यो वर्ष पहिलोपटक समूहले गरेको हो । स्मृति साँझका प्रमुख अतिथि नेपाल मगर सङ्घका केन्द्रीय सदस्य एवं तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले राज्यले अरुणलाई सम्मान गर्न नसकेको गुनासो गर्नुभयो ।

“अरुण थापा त देशकै पहिचानका रूपमा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “राज्यका तहबाटै उहाँको सम्झना गरिनुपथ्र्यो, बिडम्बना त्यो हुनसकेको छैन ।” विगतदेखि नै मगर समुदायले विशेषरूपमा अरुण थापाको स्मृति दिवस मनाउँदै आएका छन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागलुङका अध्यक्ष सङ्गम घर्तीमगरले अरुण थापाको जीवनीबारे प्रकाश पार्नुभएको थियो । अरुण थापाको योगदानको सम्झनास्वरूप स्मृति साँझ राखिएको कार्यक्रम संयोजक मन पुनले बताउनुभयो ।

“नयाँ पुस्तामाझ अरुण थापालाई चिनाउनु पनि कार्यक्रमको उद्देश्य हो”, उहाँले भन्नुभयो । अरुणले विसं २०३२ मा रेडियो नेपालमा स्वरपरीक्षा उत्र्तीण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराउनुभएको थियो । 

उहाँको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन । विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरुमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा