२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

२०७६, ७ श्रावण मंगलवार ०४:१८

साउन ७, डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा आगजनी गरेको हो ।

आगजनी किन र कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी ग¥यो भन्नेबारे अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।

”आगजनीबाट उक्त वडा कार्यालयको वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सरसामान जलेर नष्ट भएको वडाध्यक्ष नन्दराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगजनीबाट म र वडासचिव बस्ने कोठामा भएका सामान जलेका छन्, कसले जलायो अहिलेसम्म जानकारी आएको छैन ।” विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

अज्ञात समूहको आगजनीपछि जोरायल क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह