२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ: विकट नाकामा पक्की बाटो

२०७६, ८ श्रावण बुधबार १२:३३

साउन ८, घोराही । दाङको देउखुरी क्षेत्रमा पर्ने भारतसँगको विकट नाकाका गाउँमा अव पक्की बाटो पुग्न थालेको । जिल्लाको पुरानो व्यापारिक नाका मानिएको कोइलावाम्म पुग्ने ३३ किलोमिटर बाटो निर्माणको चरणमा छ भने लमही नगरपालिका–८ को दमाराघाटदेखि राजपुर गाउँपालिका–६ को खाङ्ग्रा नाका जोड्ने कालोपत्र गरिएको छ । 

पूर्वाधार विकास र भौगोलिक अवस्थाका कारण निकै विकट मानिएको खाङ्ग्रा नाकामा यसै वर्षदेखि पक्की बाटो पुगेको हो । वडा नं–८ मा रहेको पूर्व–पश्चिम राजमार्गसँग जोडेर जहरे दमाराघाटदेखि जङ्ग्रहवा हुँदै राजपुर गाउँपालिका–६ खाङ्ग्रा नाका जोड्ने सडक तयार भएको हो । 

सडकअन्तर्गतको जङ्ग्रहवामा पाँच सय मिटर भन्दा बढी सडक कालोपत्र भएको हो । राजमार्गको उत्तरतर्फ रु २७ लाख ४५ हजार र दक्षिणतर्फ रु ३३ लाख ५५ हजार गरी ६१ लाखको लागतमा सडक कालोपत्र गरिएको हो ।

राजपुर गाउँपालिका–५ जङ्ग्रहवामा ५४५ मिटर हुलाकी सडकको उत्तर, दक्षिण काण्डमा रहेकोे सो सडकलाई कालोपत्र गर्नका लागि भौतिक तथा पूर्वाधार विकास मन्त्रालय प्रदेश नं– ५ ले गत आर्थिक वर्ष ०७५÷७६ को योजनाअन्तर्गत विनियोजित कूल बजेट रु ९० लाखलाई बोलपत्र आह्वान प्रक्रियाबाट निर्माणको काम शुरु गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह