३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ: विकट नाकामा पक्की बाटो

८ श्रावण २०७६, बुधबार १२:३३

साउन ८, घोराही । दाङको देउखुरी क्षेत्रमा पर्ने भारतसँगको विकट नाकाका गाउँमा अव पक्की बाटो पुग्न थालेको । जिल्लाको पुरानो व्यापारिक नाका मानिएको कोइलावाम्म पुग्ने ३३ किलोमिटर बाटो निर्माणको चरणमा छ भने लमही नगरपालिका–८ को दमाराघाटदेखि राजपुर गाउँपालिका–६ को खाङ्ग्रा नाका जोड्ने कालोपत्र गरिएको छ । 

पूर्वाधार विकास र भौगोलिक अवस्थाका कारण निकै विकट मानिएको खाङ्ग्रा नाकामा यसै वर्षदेखि पक्की बाटो पुगेको हो । वडा नं–८ मा रहेको पूर्व–पश्चिम राजमार्गसँग जोडेर जहरे दमाराघाटदेखि जङ्ग्रहवा हुँदै राजपुर गाउँपालिका–६ खाङ्ग्रा नाका जोड्ने सडक तयार भएको हो । 

सडकअन्तर्गतको जङ्ग्रहवामा पाँच सय मिटर भन्दा बढी सडक कालोपत्र भएको हो । राजमार्गको उत्तरतर्फ रु २७ लाख ४५ हजार र दक्षिणतर्फ रु ३३ लाख ५५ हजार गरी ६१ लाखको लागतमा सडक कालोपत्र गरिएको हो ।

राजपुर गाउँपालिका–५ जङ्ग्रहवामा ५४५ मिटर हुलाकी सडकको उत्तर, दक्षिण काण्डमा रहेकोे सो सडकलाई कालोपत्र गर्नका लागि भौतिक तथा पूर्वाधार विकास मन्त्रालय प्रदेश नं– ५ ले गत आर्थिक वर्ष ०७५÷७६ को योजनाअन्तर्गत विनियोजित कूल बजेट रु ९० लाखलाई बोलपत्र आह्वान प्रक्रियाबाट निर्माणको काम शुरु गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ