२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका मिर्गौला पीडित श्रीसलाई आर्थिक सहयोग

९ श्रावण २०७६, बिहीबार ०५:१४

साउन ९, कास्की  | दुवै मिर्गाैलामा समस्या आएर उपचाररत बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।  बागलुङ समाज, दक्षिण कोरियाका पूर्वअध्यक्ष यम श्रीस, मीन पुन, झरना पुन र मोन रानाको सक्रियतामा दक्षिण कोरियामा रहेका नेपालीले सङ्कलन गरेको रु दुई लाख १२ हजार पीडितलाई प्रदान गरिएको छ ।

 राजधानी काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपछि उहाँ हाल पोखरामा रहेको यहाँको लेकसिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा नियमित डाइलासिस गराइरहनुभएको नेपाल पत्रकार महासङ्घ गण्डकीका सचिव रुद्र श्रीसले बताउनुभयो । सचिव श्रीस, बागलुङ–पोखरा मगर समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीसलगायतको उपस्थितिमा पीडितलाई सो सहयोग रकम प्रदान गरिएको थियो ।

मिर्गाैला प्रत्यारोपणका लागि ठूलो धनराशि खर्च हुने भएकाले अर्थाभावका कारण उपचारमा समस्या भएको पीडित श्रीसले बताउनुभयो ।  यसअघि पनि जापानमा सङ्कलन गरिएको रु पाँच लाख ५० हजार सहयोग प्राप्त भए पनि चिकित्सकले मिर्गाैला प्रत्यारोपणका लागि रु ३० देखि ४० लाख खर्च हुने बताएकाले सहयोग रकम जुटेमा मिर्गाैला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाउने उहाँले उल्लेख गर्नुभयो ।

 नियमित डाइलासिस र थप उपचारमा आर्थिक समस्या भएकाले सहयोगका लागि उहाँले सबैसँग याचना गर्नुभएको छ । वैदेशिक रोजगारीमा रहेकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि स्वदेश फर्किएको र उपचारको क्रममा ठूलो धनराशि आवश्यक पर्ने भएकाले सहयोग गर्न चाहनेले उहाँको फोन नं ९८४८९५११३५ मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल