२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मदिरा बिक्री बितरणको लाइसेन्स गाउँपालिकामा बुझाए १ लाख २० हजार पुरस्कार

२०७६, ९ श्रावण बिहीबार ०५:३७

कृष्ण बिष्ट | साउन ९, बैतडी |  जिल्लाको दोगडाकेदार गाउपालिकाले मदिरा ब्यापारको लागि लिएको लाइसेन्स गाउपालिकामा बुझाए १ लाख २० हजार दिने घोषणा गरेको छ । मदिर बिक्री बितरण तथा सेवनले समाजमा हिंसाका घटना बढेको भन्दै गाउपालिकाले यस्तो निर्णय गरेको हो ।

मदिरा बिक्री बितरणको इजाजत पत्र (लाइसेन्स) गाउपालिकामा बुझाएपछि १ लाख गाउपालिकाको तर्फबाट र उपाध्यक्षको तर्फबाट थप २० हजार दिने गाउपालिकाले जनाएको छ । 

मदिरा बिक्री बितरणको सट्टा अन्य ब्यावसाय गर्न प्रोत्सहान गर्ने हेतुले गाउपालिकाले यस्तो निर्णय गरेको गाउपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । महिला हिंसाको मुख्य कारण मदिरा बिक्री बितरण तथा सेवन नै भएकाले गाउपालिकाले १ लाख दिने र आफुले २० हजार पुरुस्कार स्वरुप प्रदान गर्ने उपाध्यक्ष पार्वति कार्कीले बताउनुभयो ।  

आर्थिक बर्ष २०७५-०७६ को सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष कार्कीले पछिल्लो समयमा मदिराको कारणले गर्दा समाजमा बिकृति बिसङगती बढ्दै गएपछि गाउपालिकाले यस्तो निर्णय गरेकोे बताए । 

मदिरा निषेध गर्न ठुलो चुनौती भएपनि गाउपालिकाको यस्तो निर्णयले केही मात्रामा भएपनि मदिरा न्युनिकरण गर्न सकिने कार्कीको बिश्वास छ । गाउपालिका भित्रका स्थानिय बजारहरुमा पनी मदिराकै ब्यापार बढी हुने गरेको छ । मदिरा ब्यापारको लागी लिएको अनुमति पत्र (लाईसेन्स ) गाउपालिकामा बुझाउनेलाई एक लाख पुरस्कार संगै अन्य ब्यबसाय गर्नको लागी बिशेष अनुदान पनी दिने अध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा