२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बिद्यालयको गेटबाटै हराएकि बालिकाको १९ दिन पछि गाडिएको अवस्थामा शव फेला

९ श्रावण २०७६, बिहीबार ०५:४३

कृष्ण बिष्ट |  साउन ९, बैतडी | गत असार १७ गते बिद्यालयको गेटबाटै हराएकि बैतडीकी बालिकाको खाल्डोमा गाडीएको अवस्थामा शव फेला गरेको छ । हराएको १९ दिन पछि बुधबार साँझ हराएकि ८ वर्षीया बालिका कल्पना भुल भनिने कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

कलावती अध्ययनरत दशरथचन्द नगरपालिका ४ ईश्वर आधारभूत विद्यालयको माथिपट्टी भीरको छेउमा रहेको खोल्सामा कलावतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । 

बाख्रा चराउने बेला स्थानीय महिलाले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाले खबर गरेपछि घटनास्थलमा पुग्दा बालिकाको शव सडेको अवस्थामा भेटिएको प्रवक्ता पातलीले बताउनुभयो । उहाले कसैले हत्या गरेको हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने बारे अहिले नै केहि भन्न नसकिने बताउनुभयो । 

घटनाको अनुसन्धान भइरहेको र शवको अस्थीपञ्जर मात्रै बाँकी रहेकाले अनुसन्धानमा कठिनाई भैरहेको बताएका छन् । दोगडाकेदार  गाउपालिका २ ढिक्गाड घर भई दशरथचन्द नगरपालिका ४ बमरोडामा बुबासँगै बस्दै आएकी बालिकाका बुवा खडक सर्काीले गत असार १७ गते बिहान बिद्यालयको गेट बाहिर छोडेर फर्कीएका थिए । 

कलावतीका बुवा सार्की मजदुरी गर्दै आएका छन् । खडकका अनुसार बालिकालाई असार १८ गते बिहान विद्यालय पुर्याएपछि बेपत्ता भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो