२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बिद्यालयको गेटबाटै हराएकि बालिकाको १९ दिन पछि गाडिएको अवस्थामा शव फेला

२०७६, ९ श्रावण बिहीबार ०५:४३

कृष्ण बिष्ट |  साउन ९, बैतडी | गत असार १७ गते बिद्यालयको गेटबाटै हराएकि बैतडीकी बालिकाको खाल्डोमा गाडीएको अवस्थामा शव फेला गरेको छ । हराएको १९ दिन पछि बुधबार साँझ हराएकि ८ वर्षीया बालिका कल्पना भुल भनिने कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

कलावती अध्ययनरत दशरथचन्द नगरपालिका ४ ईश्वर आधारभूत विद्यालयको माथिपट्टी भीरको छेउमा रहेको खोल्सामा कलावतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । 

बाख्रा चराउने बेला स्थानीय महिलाले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाले खबर गरेपछि घटनास्थलमा पुग्दा बालिकाको शव सडेको अवस्थामा भेटिएको प्रवक्ता पातलीले बताउनुभयो । उहाले कसैले हत्या गरेको हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने बारे अहिले नै केहि भन्न नसकिने बताउनुभयो । 

घटनाको अनुसन्धान भइरहेको र शवको अस्थीपञ्जर मात्रै बाँकी रहेकाले अनुसन्धानमा कठिनाई भैरहेको बताएका छन् । दोगडाकेदार  गाउपालिका २ ढिक्गाड घर भई दशरथचन्द नगरपालिका ४ बमरोडामा बुबासँगै बस्दै आएकी बालिकाका बुवा खडक सर्काीले गत असार १७ गते बिहान बिद्यालयको गेट बाहिर छोडेर फर्कीएका थिए । 

कलावतीका बुवा सार्की मजदुरी गर्दै आएका छन् । खडकका अनुसार बालिकालाई असार १८ गते बिहान विद्यालय पुर्याएपछि बेपत्ता भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा