२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा वर्षा र पहिराले सडक सम्पर्क टुट्यो

२०७६, ९ श्रावण बिहीबार ०७:०६

साउन ९ बलेवा । केही दिनदेखि परिरहेको निरन्तर वर्षासँगै गएको पहिरोका कारण बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध भएका छन् । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिकासँगकोे सडक सम्पर्क टुटेको छ ।

 जिल्ला सदरमुकाम र छिमेकी गाउँपालिका तथा नगरपालिका जोड्ने सडक पहिराले अवरुद्ध भएपछि बरेङमा सडक सम्पर्क टुटेको हो । बरेङदेखि धुल्लुबाँस्कोट छाप उर्लेनी सडक तीन दिनदेखि अवरुद्ध छ । उक्त गाउँपालिकाको कार्यालयदेखि गुल्मीको शान्तिपुर सडकखण्डको दाउन्ने, काल्चे र घट्टेमा पहिरो जाँदा बाटो अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो ।

“गाउँपालिकाभित्रको भन्दा छिमेकी गाउँपालिकाको सडक खण्डमा पानीले अवरोध पु¥याएका कारण  हाम्रो सडक सम्पर्क टुटेको हो”, उहाँले भन्नुभयो, “निरन्तर वर्षा भइरहेकाले तत्कालै सडक खुलाउन सम्भव छैन ।” 

गुल्मीको सिमानामा पर्ने उक्त गाउँपालिकाले सदरमुकाममा हुने कामबाहेक गाउँपालिका बाहिर आवतजावतका लागि बरेङ–शान्तिपुर सडक प्रयोग गर्दै आएका थिए । सो सडक एक साता पहिलेदेखि नै अवरुद्ध छ । सडक बन्द हुँदा बरेङदेखि बुटवलका लागि छुटेका सवारी साधन बरेङमै रोकिएका छन् भने बुटवलदेखि बरेङका लागि आएका यात्रुबाहक तथा मालबाहक गाडी शान्तिपुरमै रोकिएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएका कारण बिरामीलाई अस्पताल पु¥याउन ठूलो समस्या भएको छ । “गाउँपालिकाका भित्री सडक त अवरुद्ध थिएन, सिङ्गो गाउँपालिका सडक सञ्जालभन्दा बाहिर भयो”, उहाँले भन्नुभयो, “हाम्रो अधिकारक्षेत्र भित्रको भए त पन्छाएर चलाउथ्यौँ, अन्य गाउँपालिकामा अवरोध रहेकाले समस्यामा परियो ।” बरेङमा सबै कच्ची सडक मात्रै छन् । पक्की सडक नभएका कारण हिलाम्मे सडकमा सवारी साधान चलाउनसमेत जोखिम हुने गरेको सवारी चालक मानबहादुर थापाले बताउनुभयो ।

बरेङसँगै जिल्लाको ताराखोला, निसीखोला र तमानखोला गाउँपालिकाका स्थानीय सडक पनि पहिरोका कारण अवरुद्ध छन् । “गाउँपालिकाको केन्द्रमा आउने सडकमा समस्या छैन रोकिँदा बनाइहाल्छौँ”, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो, “स्थानीय सडक त अब दशैँका बेला मात्रै खुलाउने हो ।” स्थानीय सडक बिस्तारका क्रममा बनेका नयाँ संरचनाले गोरेटो बाटोसमेत मासिएका छन् ।

गोरेटो बाटोसमेत नहुँदा पैदलयात्रीलाई सास्ती परेको छ । हिलाम्मे सडक र माासिएका गोरेटो बाटोका कारण पैदल हिँड्नसमेत कठिन भइरहेको स्थानीयवासीले बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह