२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा हेलिकप्टरबाट खाद्यान्न पठाइयो

२०७६, ९ श्रावण बिहीबार ११:१८

साउन ९, विराटनगर  | प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बाढी र पहिरोबाट उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि आज हेलिकप्टरबाट खाद्य सामग्री उदयपुरतर्फ पठाउनुभएको छ ।

बाढी पहिरोका कारण सडक सम्पर्क टुटेकाले स्थानीय जनताको भोकभोकै बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न उदयपुरको लिम्चुङवुङ र ताप्ली गाउँपालिकामा हेलिकप्टरबाट खाद्य सामग्री पाठाएको उहाँले बताउनुभयो । 

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री कार्कीको अध्यक्षमा हिजो बसेको बैठकले ती गाउँपालिकामा एक हप्ताका लागि पुग्ने आठ हजार १० केजी चामल, १९५० केजी रहर दाल, ५०० लिटर तेल र ५०० केजी नून पठाउने निर्णय गरेको थियो । सोही निर्णयानुसार मन्त्री कार्कीले आज विराटनगर विमानस्थलबाट पहिलो चरणमा दुई हजार १० केजी चामल, १८० केजी रहर दाल, १२० लिटर खानेतेल र १५० केजी नून उदयपुरको ताप्ली गाउँपालिकाको रुपाटारका लागि हेलिकप्टरमार्फत खाद्यान्न पठाउनुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उक्त क्षेत्रमा खाद्यान्न पठाइएको हो । उक्त दुई गाउँपालिकाको अनुरोध र सङ्घीय सरकारको सहकार्यमा प्रदेश सरकारले नेपाल खाद्य संस्थानमार्फत उक्त सहयोग पठाइएको मन्त्रीले कार्कीले बताउनुभयो ।

उहाँले बाढीपहिरोले त्यस गाउँपालिकामा पुग्ने सडक सम्पर्क टुटेकाले तत्काल खाद्यान्न सङ्कट समाधानका लागि एक हप्ताको निम्ति राहत खाद्यान्न पठाएको बताउनुभयो । उहाँले स्थानीय तह, सङ्घीय सरकार र प्रदेश सरकारको सहयोग अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

लिम्चुङबु गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले १४ हजार जनसङ्ख्या रहेको गाउँपालिकामा सडक सम्पर्क टुटेकाले खाद्यान्न सङ्कट उत्पन्न भएको र यसको समाधानका लागि प्रदेश सरकारलाई अनुरोध गरेको बताउनुभयो ।

उहाँले उक्त गाविस ५०० परिवार विस्थापित, ३०० घर भत्केको र ४०० जना बाढीपहिरोबाट प्रभावित भएको जानकारी दिनुभयो । उहाँले उदयपुरको गाईघाटबाट मुर्कुची, हेलेसी, फोक्सीङ्टार, बलम्ता र वराह सडकको सम्पर्क गाउँपालिकाबाट टुटेको छ भने कटारीबाट बेतैनी, इनामी र बराह सडकमा यातायात सञ्चालन हुन नसक्ने भएको छ । गाईघाटबाट उक्त गाउँपालिका पुग्न ७५ किलोमिटर छ भने कटारीबाट ९५ किलोमिटर छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै