१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा हेलिकप्टरबाट खाद्यान्न पठाइयो

९ श्रावण २०७६, बिहीबार ११:१८

साउन ९, विराटनगर  | प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बाढी र पहिरोबाट उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि आज हेलिकप्टरबाट खाद्य सामग्री उदयपुरतर्फ पठाउनुभएको छ ।

बाढी पहिरोका कारण सडक सम्पर्क टुटेकाले स्थानीय जनताको भोकभोकै बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न उदयपुरको लिम्चुङवुङ र ताप्ली गाउँपालिकामा हेलिकप्टरबाट खाद्य सामग्री पाठाएको उहाँले बताउनुभयो । 

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री कार्कीको अध्यक्षमा हिजो बसेको बैठकले ती गाउँपालिकामा एक हप्ताका लागि पुग्ने आठ हजार १० केजी चामल, १९५० केजी रहर दाल, ५०० लिटर तेल र ५०० केजी नून पठाउने निर्णय गरेको थियो । सोही निर्णयानुसार मन्त्री कार्कीले आज विराटनगर विमानस्थलबाट पहिलो चरणमा दुई हजार १० केजी चामल, १८० केजी रहर दाल, १२० लिटर खानेतेल र १५० केजी नून उदयपुरको ताप्ली गाउँपालिकाको रुपाटारका लागि हेलिकप्टरमार्फत खाद्यान्न पठाउनुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उक्त क्षेत्रमा खाद्यान्न पठाइएको हो । उक्त दुई गाउँपालिकाको अनुरोध र सङ्घीय सरकारको सहकार्यमा प्रदेश सरकारले नेपाल खाद्य संस्थानमार्फत उक्त सहयोग पठाइएको मन्त्रीले कार्कीले बताउनुभयो ।

उहाँले बाढीपहिरोले त्यस गाउँपालिकामा पुग्ने सडक सम्पर्क टुटेकाले तत्काल खाद्यान्न सङ्कट समाधानका लागि एक हप्ताको निम्ति राहत खाद्यान्न पठाएको बताउनुभयो । उहाँले स्थानीय तह, सङ्घीय सरकार र प्रदेश सरकारको सहयोग अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

लिम्चुङबु गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले १४ हजार जनसङ्ख्या रहेको गाउँपालिकामा सडक सम्पर्क टुटेकाले खाद्यान्न सङ्कट उत्पन्न भएको र यसको समाधानका लागि प्रदेश सरकारलाई अनुरोध गरेको बताउनुभयो ।

उहाँले उक्त गाविस ५०० परिवार विस्थापित, ३०० घर भत्केको र ४०० जना बाढीपहिरोबाट प्रभावित भएको जानकारी दिनुभयो । उहाँले उदयपुरको गाईघाटबाट मुर्कुची, हेलेसी, फोक्सीङ्टार, बलम्ता र वराह सडकको सम्पर्क गाउँपालिकाबाट टुटेको छ भने कटारीबाट बेतैनी, इनामी र बराह सडकमा यातायात सञ्चालन हुन नसक्ने भएको छ । गाईघाटबाट उक्त गाउँपालिका पुग्न ७५ किलोमिटर छ भने कटारीबाट ९५ किलोमिटर छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै