२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

भारतको धौलीगंगा बाध खोलिदै, महाकाली नदि किनारका बासिन्दालाई सतर्क रहन आग्रह

१२ श्रावण २०७६, आईतवार १०:१७

कृष्ण बिष्ट | साउन १२, बैतडी  |  भारतको धौलीगंगा बाध खोलिने भएकाले महाकाली नदि किनारका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरीएको छ । जिल्ला प्रशासन कार्यालय  बैतडी र दार्चुला सुचना जारी गर्दै साउन १३ गते अर्थात भोली राती १२ बजेदेखि भारतको धौलीगंगा जलविद्युत परियोजनाले बाँधका ढोका खोल्ने भएकाले महाकाली नदी किनाराका बासिन्दालाई सतर्क रहन  आग्रह  गरिएको हो । 

भारतको तपोवन, धारचुलाको उक्त जलविद्युतको सिल्ट फ्लसिङ गरिने भन्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुला पिथौरागढले पत्राचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन १४ गते साँझ ६ः४५ बजेसम्म महाकाली नदिको बहाव बड्ने भएकाले तटीय क्षेत्र जोखिममा रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले जानकारी दिनुभयो । 

दार्चुलाको व्यास गाउपालिका, महाकाली नगरपालिका, मालिकाजुर्नन गाउपालिका  र लेकम गाउपालिका महकाली प्रभावित क्षेत्र हुन । महाकालीको जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचित गरेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । बर्षादको समय भएकाले महाकाली नदिमा पानिको बहाव बढेको हुनाले धौलीगंगाको बाँध खोलिदा पानिको बहाब बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको उहाले बताउनुभयो । 

बैतडीको पञ्चेश्वर गाउपालिका तथा शिवनाथ गाउपालिकाका अधिकांस बस्तिहरु महाकाली किनारमा पर्दछन । पञ्चेश्वर तथा शिवनाथ गाउपालिकाले पनि सो अवधिमा नदि किनारमा नजान आग्रह गरेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो