२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुसाईट नोटमा शिक्षकको नाम लेखेर विद्यार्थीद्वारा आत्मह-त्या (सुसाइड नोट सहित)

२०७६, १२ श्रावण आईतवार १६:०२

भास्कर के.सी. | साउन १२, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरका एक विद्यार्थीले सुसाईट नोटमा शिक्षकको नाम लेखेर आत्मह-त्या गरेका छन् । महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत भीमदत्त नगरपालिका ३ भाँसीका १६ वर्षिय सुरज लेखकले शनिबार आफ्नै घरको पङखामा झुण्डिएर आत्मह-त्या गरेका थिए । 

मृतक सुरजले सुसाईट नोटमा ‘डेडी बहुत भयो, अब हजुरलाई अरु टेन्सेन दिन चाहदैन्, कलेजबाट आएको कम्प्लेनले हजुरलाई धेरै अपुष्ट गर्यो, र म पनि हजुरलाई टेन्टस दिएर बाँच्न सक्दैन् भन्ने आदि शब्दहरु लेख्नुका साथै  ‘सरी, डेड भन्दै उनले जय नागार्जुन बाबा आई क्युट’ भनी दायाँबायाँ ल्याप्चे औठाछाप  समेत लगाएका छन् । 

सुरज लेखक महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत छात्र हुन् । उनले ‘मर्नुको कारण’ लिटिल बुद्ध एकेडेमी प्लस टु कोडिनेटर हरिलाल जोशी भनेर उल्लेख गरेका छन् । उनी मृत भेटिएको स्थानमा हातले लेखेको सुसाईट नोट समेत भेटिएको हो । 

मृतक लेखकको शनिबार महाकाली नदीमा अन्त्येष्टी गरिएको छ । उनको मृत्युसंगै घर परिवार र आफन्त, साथीभाई शोकमा डुबेका छन् । यसैविच मृतक लेखकका बाबु गणेश लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशी बिरुद्ध ‘आत्मह-त्या दुरुत्साहन’ सम्बन्धी किटानी दिएका छन् । उनले आफ्नो समाजिक संजाल फेसबुकमा समेत ‘आई क्युट’ भनेर लेखेका थिए । 

शुक्रबार बिहान बजारमा समान ल्याउन जान्छु, भनेर साईकलमा आएका सुरज राजमार्ग क्षेत्रमा दुई साथी भेटिएपछि उनी साथीसंगै होटेल छिरेका थिए । होटेल पसेका विद्यार्थी बारे शिक्षक संयोजक हरिलाल जोशीले थाहा पाएपछि विद्यालय समयमै किन होटेल बसेको भन्दै शिक्षकले तीनै जना विद्यार्थीलाई विद्यालय ल्याइ तीनै जनाबाट लिखित तमसुक जस्तै बनाएर पठाएका थिए । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले पीडित पक्षबाट आएको किटानी दर्ता भएको बताए । 

प्रहरी प्रवक्ता बमले अनुसन्धान जारी रहेको बताए । यस्तै लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक हरिलाल जोशीलाई सेवाबाट हटाएको छ । 

यस्तो छ सुसाइड नोट हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी