२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा जुवा खेल्ने १० जना पक्राउ, छतबाट खसेर एक जनाको मृत्यु

२०७६, १३ श्रावण सोमबार ०८:१७

साउन १३, कावासोती । जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिका–५ बाट प्रहरीले जुवा खेल्दै गरेका दश जनालाई पक्राउ गरेको हो । 

गैँडाकोट–५, वैकुण्ठ टोलस्थित चुडामणि पौडेलको घरमा जुवा खेलिरहेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । प्रहरीले गैँडाकोट घर भएका ३५ वर्षीय लक्ष्मीकान्त पौडेल, ५० वर्षीय चुडामणि पौडेल, ३८ वर्षीय लोकनाथ शर्मा, २६ वर्षीय शालिकराम पौडेल, ४३ वर्षीय देवेन्द्र चालिसे, ३० वर्षीय हरिप्रसाद तिवारी, ४२ वर्षीय शिवहरि ढकाल, बाग्लुङ घर भएका ४३ वर्षीय केशव सुवेदी, ४९ वर्षीय डोलराज शर्मा र ५८ वर्षीय गोकर्ण आचार्यलाई पक्राउ गरेको हो । प्रहरी जुवाको खालबाट रु ८० हजार ९३५ समेत बरामद गरेको छ । 

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को १२५ अनुसार जुवासम्बन्धी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । पहिलो पटक जुवा खेल्नेलाई तीन महिना कैद वा रु तीस हजार जरिवाना र दोस्रो पटक खेल्नेलाई एक वर्ष कैद वा रु पचास हजार जरिवाना हुन सक्ने उहाँले बताउनुभयो । 

छत बाट खसेर मृत्यु

नवलपरासी पूर्व कावासोतीमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । कावासोती नगरपालिका–३, घर भएका १०४ वर्षीय वृद्ध बोधीलाल रेग्मीको आज बिहान घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । घरको तेस्रो तलाबाट खसेर उहाँको मृत्यु भएको हो । 

कपडा बरामद

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले भन्सार छलेर ल्याइएका कपडा बरामद गरेको छ । प्रहरीले भारतबाट भन्सार छली ल्याइएका ९६ थान कुर्ता र १८ थान रङ्गीन सल बरामद गरेको हो । धनगढीबाट काठमाडौँका लागि छुटेको बसबाट प्रहरीले सो कपडा बरामद गरेको हो । कपडा ल्याउने व्यक्ति भने पहिचान नभएको प्रहरीले जनाएको छ । बरामद गरिएका कपडा भन्सार चलान गरिने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह