२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा जुवा खेल्ने १० जना पक्राउ, छतबाट खसेर एक जनाको मृत्यु

१३ श्रावण २०७६, सोमबार ०८:१७

साउन १३, कावासोती । जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिका–५ बाट प्रहरीले जुवा खेल्दै गरेका दश जनालाई पक्राउ गरेको हो । 

गैँडाकोट–५, वैकुण्ठ टोलस्थित चुडामणि पौडेलको घरमा जुवा खेलिरहेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । प्रहरीले गैँडाकोट घर भएका ३५ वर्षीय लक्ष्मीकान्त पौडेल, ५० वर्षीय चुडामणि पौडेल, ३८ वर्षीय लोकनाथ शर्मा, २६ वर्षीय शालिकराम पौडेल, ४३ वर्षीय देवेन्द्र चालिसे, ३० वर्षीय हरिप्रसाद तिवारी, ४२ वर्षीय शिवहरि ढकाल, बाग्लुङ घर भएका ४३ वर्षीय केशव सुवेदी, ४९ वर्षीय डोलराज शर्मा र ५८ वर्षीय गोकर्ण आचार्यलाई पक्राउ गरेको हो । प्रहरी जुवाको खालबाट रु ८० हजार ९३५ समेत बरामद गरेको छ । 

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को १२५ अनुसार जुवासम्बन्धी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । पहिलो पटक जुवा खेल्नेलाई तीन महिना कैद वा रु तीस हजार जरिवाना र दोस्रो पटक खेल्नेलाई एक वर्ष कैद वा रु पचास हजार जरिवाना हुन सक्ने उहाँले बताउनुभयो । 

छत बाट खसेर मृत्यु

नवलपरासी पूर्व कावासोतीमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । कावासोती नगरपालिका–३, घर भएका १०४ वर्षीय वृद्ध बोधीलाल रेग्मीको आज बिहान घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । घरको तेस्रो तलाबाट खसेर उहाँको मृत्यु भएको हो । 

कपडा बरामद

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले भन्सार छलेर ल्याइएका कपडा बरामद गरेको छ । प्रहरीले भारतबाट भन्सार छली ल्याइएका ९६ थान कुर्ता र १८ थान रङ्गीन सल बरामद गरेको हो । धनगढीबाट काठमाडौँका लागि छुटेको बसबाट प्रहरीले सो कपडा बरामद गरेको हो । कपडा ल्याउने व्यक्ति भने पहिचान नभएको प्रहरीले जनाएको छ । बरामद गरिएका कपडा भन्सार चलान गरिने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान