२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा जङ्गली हात्ती मृत फेला

१४ श्रावण २०७६, मंगलवार १६:०६

साउन १४, बर्दिवास । महोत्तरीको वनक्षेत्रमा आज जङ्गली हात्ती मृत फेला परेको छ । गौशाला नगरपालिकाको लक्ष्मीनियाँमा पर्ने सागरनाथ वन विकास परियोजनाको प्लट नं १४  ‘बी’मा भाले हात्ती मृत फेला परेको हो । 


पूर्वपश्चिम राजमार्गको लक्ष्मीनियाँ चोकबाट दक्षिणतर्फ जाने लक्ष्मीनियाँ–भरतपुर–सुन्दरपुर सडकको ढोलन खोला पुल नजिकैको वनमा मृत फेला परेको हात्तीलाई आइतबार मात्र पर्सा राष्ट्रिय निकुञ्जले सर्लाहीको श्रीनगर वन क्षेत्रमा उसको गतिविधि थाहा पाउन जिपिएस रेडियो कलर जडान गरेका थिए । आज घाँस दाउरा लिन वन पसेकाहरुले हात्ती मरेको सूचना दिएका थिए । 

डिभिजन वन कार्यालय जलेश्वरका प्रमुख हेमन्तप्रकाश साहका अनुसार स्थानीयवासीले जङ्गली हात्तीले बालीनाली नोक्सान गर्दै आएको गुनासो गर्दै आएका थिए । मृत्युबारे अनुसन्धान भइरहेको र धार्मिक विधिसहित हात्तीको अन्त्येष्टि गरिने साहले बताउनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य