२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

मार्तडीमा एक साता देखि विद्युत् अनियमित

१६ श्रावण २०७६, बिहीबार ०६:०३

साउन १६, मार्तडी । सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको जेनेरेटरमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा नियमित हुनसकेको छैन । साउन ८ गते दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा एक हजार ३०० बढी ग्राहकले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन् ।

विद्युत् सेवा सञ्चालन भइरहेको बेला एकाएक जेनेरेटरमा खराबी आएपछि अवरुद्ध बनेको विद्युत् सामान्यरूपमा सञ्चालन भए पनि जेनेरेटरले कम विद्युत् उत्पादन गर्ने भएकाले विद्युत् सेवा नियमति हुन नसकेको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताउनुभयो । विद्युत्गृहमा रहेको उक्त मेसिन बनाउन भारतबाट दक्षकर्मी ल्याइसकेकाले नियमित विद्युत् सञ्चालन हुन अझ एक साता लाग्ने पण्डितको भनाइ छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लामा सरकारी तथा गैरसरकारी सस्ंथाका दैनिक काम र जिल्लामा सञ्चालन हुँदै आएका विद्युतीय सञ्चारमाध्यममा समेत बाधा पुगेको छ । मार्तडीमा सञ्चालन हुदै आएका दुई रेडियो र अन्य पत्रपत्रिकाको काममा समेत बाधा पुगेको बडीमालिका खबरका अनलाइन प्रकाशक प्रकाश सिंहले बताउनुभयो । विद्युत् नियमित नहुँदा कार्यालयमा आएका सेवाग्राही पनि मर्कामा परेका छन् । 

चार लाख बढीको जग्गादान 

बाजुराको बुढीनन्दा नगरपालिका–९ बस्ने गोर्खे रावतका छोरा बिर्ख रावतले गुम्बा निर्माणका लागि दुई रोपनी जग्गादान गर्नुभएको छ । साविकको बाँधु गाविस–३ बस्ने रावतले हाल बुढीनन्दा नगरपालिका–९ अगाउपानीमा जग्गा दान गरेको नेपाल भोटे जनजातिका केन्द्रीय उपाध्यक्ष ओमकार बोगटीले जानकारी दिनुभयो ।

जग्गदान गर्ने बिर्ख रावत र श्रीमती अवकति रावतको नाममा रहेको एक हजार ४०६ वर्गमिटर अर्थात् रु चार लाख नौ हजार ५०० बराबरको जग्गादान गरेको बोगटीले बताउनुभयो । नगरपालिका–९ पाण्डुसनमा रहेको अगाउपानीमा नेपाल भोटे जनजातिको प्रसिद्ध धार्मिकस्थल गुम्बा जीर्ण र पुरानो अवस्थामा रहेकोले पुनःनिर्माणका लागि जग्गादान गरिएको जग्गादाता रावतले बताउनुभयो । 

भोटे जनजातिका केन्द्रीय उपाध्यक्ष बोगटीका अनुसार सोही ठाउँमा भोटे जनजातिले पूजाआराधना गर्दै आएको ठाउँमा नयाँ गुम्बा निर्माण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य