२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

मार्तडीमा एक साता देखि विद्युत् अनियमित

२०७६, १६ श्रावण बिहीबार ०६:०३

साउन १६, मार्तडी । सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको जेनेरेटरमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा नियमित हुनसकेको छैन । साउन ८ गते दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा एक हजार ३०० बढी ग्राहकले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन् ।

विद्युत् सेवा सञ्चालन भइरहेको बेला एकाएक जेनेरेटरमा खराबी आएपछि अवरुद्ध बनेको विद्युत् सामान्यरूपमा सञ्चालन भए पनि जेनेरेटरले कम विद्युत् उत्पादन गर्ने भएकाले विद्युत् सेवा नियमति हुन नसकेको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताउनुभयो । विद्युत्गृहमा रहेको उक्त मेसिन बनाउन भारतबाट दक्षकर्मी ल्याइसकेकाले नियमित विद्युत् सञ्चालन हुन अझ एक साता लाग्ने पण्डितको भनाइ छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लामा सरकारी तथा गैरसरकारी सस्ंथाका दैनिक काम र जिल्लामा सञ्चालन हुँदै आएका विद्युतीय सञ्चारमाध्यममा समेत बाधा पुगेको छ । मार्तडीमा सञ्चालन हुदै आएका दुई रेडियो र अन्य पत्रपत्रिकाको काममा समेत बाधा पुगेको बडीमालिका खबरका अनलाइन प्रकाशक प्रकाश सिंहले बताउनुभयो । विद्युत् नियमित नहुँदा कार्यालयमा आएका सेवाग्राही पनि मर्कामा परेका छन् । 

चार लाख बढीको जग्गादान 

बाजुराको बुढीनन्दा नगरपालिका–९ बस्ने गोर्खे रावतका छोरा बिर्ख रावतले गुम्बा निर्माणका लागि दुई रोपनी जग्गादान गर्नुभएको छ । साविकको बाँधु गाविस–३ बस्ने रावतले हाल बुढीनन्दा नगरपालिका–९ अगाउपानीमा जग्गा दान गरेको नेपाल भोटे जनजातिका केन्द्रीय उपाध्यक्ष ओमकार बोगटीले जानकारी दिनुभयो ।

जग्गदान गर्ने बिर्ख रावत र श्रीमती अवकति रावतको नाममा रहेको एक हजार ४०६ वर्गमिटर अर्थात् रु चार लाख नौ हजार ५०० बराबरको जग्गादान गरेको बोगटीले बताउनुभयो । नगरपालिका–९ पाण्डुसनमा रहेको अगाउपानीमा नेपाल भोटे जनजातिको प्रसिद्ध धार्मिकस्थल गुम्बा जीर्ण र पुरानो अवस्थामा रहेकोले पुनःनिर्माणका लागि जग्गादान गरिएको जग्गादाता रावतले बताउनुभयो । 

भोटे जनजातिका केन्द्रीय उपाध्यक्ष बोगटीका अनुसार सोही ठाउँमा भोटे जनजातिले पूजाआराधना गर्दै आएको ठाउँमा नयाँ गुम्बा निर्माण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने