२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा उत्कृष्ट नतिजा ल्याउने छात्रा सुरती पाण्डेलाई एक लाख पुरस्कार

२०७६, १८ श्रावण शनिबार १५:४३

साउन १८, पोखरा । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा  सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ ।

सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२ जिपिए ल्याउन सफल भएकाले उहाँलाई रु एक लाख नगदका साथै उहाँकी कक्षा–७ मा अध्ययनरत भाइ सचितराज पाण्डेलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ ।

सोही अवसरमा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं अटोवेज प्रालिका सञ्चालक नारायण पौडेलले अटोवेजतर्फबाट रु ५० हजार पुरस्कारस्वरुप प्रदान गर्ने घोषणा गर्नुभयो । सो अवसरमा विद्यालयका प्राचार्य विष्णुगोपाल पराजुलीले आइतबार विद्यालयमा सम्मान कार्यक्रमको अवसरमा उक्त राशिको पुरस्कार प्रदान गर्ने उल्लेख गर्दै सुरतीले प्राप्त गरेकी उत्कृष्ट नतिजाबाट आपूmहरु गौरवान्वित भएको बताउनुभयो ।

सोही अवसरमा विद्यालयका सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले सामान्य परिवारकी सुरतीको सफलताले अन्य विद्यार्थीलाई प्रेरणा प्राप्त हुने उल्लेख गर्दै उच्चस्तरको शिक्षा प्रदान गर्न आपूmहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

बाल्यकालमै पिता गुमाएकी छात्रा सुरती पाण्डेले आफ्नी आमाको सङ्घर्षको कारण यो सफलता प्राप्त भएकाले आमाकी इच्छाअनुरुप चार्टड एकाउनटेन्ट बन्ने चाहना रहेको सो अवसरमा जानकारी गराउनुभयो । उहाँले आमाकी अथक मेहनतले गर्दा आपूmले यो सफलता पाएकाले यसको सम्पूर्ण यश आमाप्रति समर्पण गर्दै अब आमाको आँखामा आँशु आउन नदिनतर्फ सदैव तत्पर रहने प्रतिबद्धता प्रकट गर्नुभयो ।

दृढ निश्चय भएमा केही असम्भव नरहेको उल्लेख गर्दै सुरतीले विद्यालयका शिक्षकहरुले आपूmलाई सदैव उत्साहित गर्नुका साथै अभिभावकतत्वको जिम्मेवारीसमेत निर्वाह गर्नु भएकाले उहाँहरुप्रति कृतज्ञतासमेत प्रकट गर्नुभयो । कक्षा–११ र १२ सम्मको पढाइमा सुरती छात्रवृत्तिमा अध्ययन  गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ