२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा उत्कृष्ट नतिजा ल्याउने छात्रा सुरती पाण्डेलाई एक लाख पुरस्कार

१८ श्रावण २०७६, शनिबार १५:४३

साउन १८, पोखरा । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा  सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ ।

सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२ जिपिए ल्याउन सफल भएकाले उहाँलाई रु एक लाख नगदका साथै उहाँकी कक्षा–७ मा अध्ययनरत भाइ सचितराज पाण्डेलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ ।

सोही अवसरमा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं अटोवेज प्रालिका सञ्चालक नारायण पौडेलले अटोवेजतर्फबाट रु ५० हजार पुरस्कारस्वरुप प्रदान गर्ने घोषणा गर्नुभयो । सो अवसरमा विद्यालयका प्राचार्य विष्णुगोपाल पराजुलीले आइतबार विद्यालयमा सम्मान कार्यक्रमको अवसरमा उक्त राशिको पुरस्कार प्रदान गर्ने उल्लेख गर्दै सुरतीले प्राप्त गरेकी उत्कृष्ट नतिजाबाट आपूmहरु गौरवान्वित भएको बताउनुभयो ।

सोही अवसरमा विद्यालयका सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले सामान्य परिवारकी सुरतीको सफलताले अन्य विद्यार्थीलाई प्रेरणा प्राप्त हुने उल्लेख गर्दै उच्चस्तरको शिक्षा प्रदान गर्न आपूmहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

बाल्यकालमै पिता गुमाएकी छात्रा सुरती पाण्डेले आफ्नी आमाको सङ्घर्षको कारण यो सफलता प्राप्त भएकाले आमाकी इच्छाअनुरुप चार्टड एकाउनटेन्ट बन्ने चाहना रहेको सो अवसरमा जानकारी गराउनुभयो । उहाँले आमाकी अथक मेहनतले गर्दा आपूmले यो सफलता पाएकाले यसको सम्पूर्ण यश आमाप्रति समर्पण गर्दै अब आमाको आँखामा आँशु आउन नदिनतर्फ सदैव तत्पर रहने प्रतिबद्धता प्रकट गर्नुभयो ।

दृढ निश्चय भएमा केही असम्भव नरहेको उल्लेख गर्दै सुरतीले विद्यालयका शिक्षकहरुले आपूmलाई सदैव उत्साहित गर्नुका साथै अभिभावकतत्वको जिम्मेवारीसमेत निर्वाह गर्नु भएकाले उहाँहरुप्रति कृतज्ञतासमेत प्रकट गर्नुभयो । कक्षा–११ र १२ सम्मको पढाइमा सुरती छात्रवृत्तिमा अध्ययन  गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै