२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : पहिरोमा ज्यान गुमाएको परिवारलाई छ लाख सहयोग

१९ श्रावण २०७६, आईतवार ०२:२१

साउन १९, गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास  सेवा समाज जापानद्वारा रु छ लाख १२ हजार सहयोग प्रदान गरिएको छ । 

गत साउन ७ गते अविरल वर्षाका कारण गोठ बगाउँदा गोठमा भैँसी दुहुदै गरेकी सीता गौतमको मृत्यु भएको थियो । गौतमसँगै दुई भैँसी तथा एक बाख्रालाई समेत पहिरोले बगाएको थियो । आर्थिक अवस्था कमजोर भएको परिवारलाई राहतस्वरुप सहयोग रकम सङ्कलन गरी प्रदान गरिएको हो । 

गौतम परिवारको पहिरोका कारण गोठ पुरेको छ भने घर पहिरोको उच्च जोखिममा परेका कारण घर स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ ।  काँडेवासबाट रोजगारीको सिलसिलामा जापानमा रहेका नेपाली सहयोगीबाट सङ्कलित रकम मृतक गौतमको १२औँ दिनको पुण्यतिथिमा उहाँकै निवासमा पुगेर शनिबार गौतमको परिवारलाई हस्तान्तरण गरिएको काँडेवास सेवा समाज गलकोट समन्वय समिति काँडेवासका संयोजक मणिभद्र चालिसेले बताउनुभयो ।

“दुःखमा सहयोग गर्नका लागि काँडेवास सेवा समाज गठन गरेका हौँ”,चालिसेले भन्नुभयो, “हस्तान्तरण गरिएको रकमले नयाँ घर बनाउन सहयोग मिल्नेछ ।” आर्थिक अवस्था कमजोर भएको परिवार पहिरोकै कारण स्तानान्तरण हुनुपर्ने  अवस्था सिर्जन भएकाले सहयोग अभियान सञ्चालन गरिएको काँडेवास सेवा समाज जापानले जनाएको छ । 

काँडेवास सेवा समाज जापानद्वारा सङ्कलित गरिएको रकम गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मृतक सीता गौतमका दाजु पिताम्बर गौतमलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल