२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको भब्सी खोलामा बेलिब्रिज निर्माण, यातायात सञ्चालन

१९ श्रावण २०७६, आईतवार ०३:०६

साउन १९, गौशाला । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ ।

असार २८ गते आएको भीषण बाढीले भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुलमा यातायात अवरुद्ध हुँदै आएको थियो ।

पुल बगाएपछि खोलामै डाइभर्सन भएर वा २५÷३० किलोमिटर टाढाबाट घुमेर जङ्गलको बाटो हुँदै यातायात सञ्चालन हुँदै आएको थियो भने बाढी आएको बेला पटक–पटक डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएकामा गए राति सो खोलामा ४८.८ मिटर लामो बेलिब्रिज निर्माणकार्य सम्पन्न भएको र यातायात सेवा पनि सञ्चालन भएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख विनोदकुमार मौवारले बताउनुभयो ।

उनका अनुसार सो बेलिब्रिजको क्षमता ९८ टन बोक्ने रहे पनि त्यसमाथिबाट अहिले एक पटकमा ३५ टन बोकेका यातायातका साधनलाई मात्रै इजाजत दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य