साउन २०, काठमाडौँ | बागलुङको तमानखोला गाउँपालिका ४, सन्टारकामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । आइतबार राति गएको पहिरोले सन्टारा गाउँका पाँच घर बगाउँदा ४५ वर्षीय पञ्चकुमारी श्रीपाली, ७९ वर्षीया अन्सारी श्रीपाली र उनका नाती १२ वर्षीय प्रविण श्रीपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलबाट पाँच जना घाइतेको उद्धार गरिको बर्तिवाङ प्रहरी कार्यालयले जानकारी दिएको छ | प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । गाउँभन्दा करिब पाँच समय मिटर माथिबाट पहिरो खसेको थियो ।
घटनास्थल प्रहरीको पहुँचबाट टाढा भएकोले उद्धारको लागि सोमबार विहान मात्रै प्रहरी पुगेको थियो । घाइते लाई अस्पताल पुर्याउनै समस्या रहेको प्रहरीको भनाइ छ |