२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

संकटका विच अन्र्तराष्ट्रिय व्यापार मेला आयोजना

२०७२, १६ मंसिर बुधबार ०५:५७

rupandehi copyकृष्ण खनाल/मङ्सिर १६, बुटवल । भारतले लगाएको अघोषित नाकाबन्दीको बाबजुत बुटवलमा लुम्बिनी ‘एक्पो–२०१५ अन्र्तराष्ट्रिय व्यापार’ मेला आयोजना हुने भएको छ ।

अयोजक संस्था रुपन्देही व्यापार संघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी तिब्र रुपमा अगाडी बढाएको जानकारी दिएको हो । संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले पुस ८ गते देखि २१ सम्म बुटवल–१२ रामनगरको बुटवल मण्डपमा मेला आयोजना हुनेछ ।
विगतका बर्षहरुमा जस्तो मेला आयोजना गर्न उत्साह नभएपनि अन्य स्थानमा मेला स्थगित भएको सन्र्दशमा बुटवलबाट‘सन्देश प्रवाह’ गर्नको लागि पनि मेला आयोजना गर्न लागिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

मेला सम्पन्न गर्न ६१ सदस्यीय मुल आयोजक समिति गठन गरी तयारीमा लागेको भन्दै मेलाका संयोजक पोखरेलले यस मेलाले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा फाईदा, व्यापार व्यवसाय प्रबद्र्धनको प्रचार–प्रसारमा टेवा बताए ।

बजारको विशिष्टिकरणको अवधारलाई अगाडी बढाउनको लागि यसरी आयोजना हुने मेला तथा महोत्सवले सहयोग पुग्ने अपेक्षा लिएको अध्यक्ष पोखरेलको भनाई रहेको छ । उनले भने–‘यस मेलाको आयोजना गर्दा स्वदेशी उत्पादनको प्रचार–प्रसारका अतिरिक्त नेपाली उत्पादनलाई समेत अन्तराष्ट्रियकरण गर्न विशेष योगदान पुग्नेछ ।’

मेलामा विभिन्न विदेशी देशिका अन्र्तराष्ट्रिय स्टल, अटो पेभिलियन, कृषि प्रविधि, सेवा मुलक, सूचना प्रविधि र ईलेक्ट्रोनिक्स, बैकल्पिक उर्जा, जुत्ता चप्पल, दैनिक उपभोग्य सामान, गार्मेन्ट्स, निर्माण सामाग्री, घरेलु तथा हस्तकला, होटल तथा रेष्टुरेन्टका स्टलहरु राखिने छ । दैनिक उपभोग्य बस्तु तथा सेवाको प्रदर्शनी, बुटवलको जीतगढि किल्ला सँग सम्बन्धित कर्णेल उजिर सिंह थापाको नेतृत्व भएको नेपाल अंग्रेज युद्धसँग सम्बन्धित बृत्तचित्र प्रर्दशनी, कृषि, हस्तकला, बैकल्पिक उर्जा तथा स्वदेशी उत्पादनको बृहत्त प्रर्दशनी, लुम्बिनी अञ्चलका प्रमुख पर्यटकिय स्थलको फोटो तथा बृत्तचित्र प्रदर्शनी हुनेछ ।

त्यस्तै डान्स आईडल प्रतियोगिता, अष्ट्रिज चरा तथा अण्डा अवलोकन, निलहिरा समाजको विशेष प्रस्तुती, डान्स आईडिएल, लोकदोहोरी, अन्तरविद्यालय लोकनृत्य तथा राष्ट्रिय एवं स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

त्यस्तै उद्यमीहरु, व्यवसायीहरु, दर्शकहरु र विभिन्न संस्थाहरुका बीचमा अन्तरसम्बन्धको विस्तार, पर्यटनको सम्भावना र प्रगतिको प्रचार प्रसार, गणात्मक प्रतिस्पर्धाको निमित्त प्रेरणा, सरकार र निजी क्षेत्र बीचमा समस्याको पहिचान गरी अवसर र सुधारको निमित्त सुझाव आदान प्रसादन, सोधकर्ता, दर्शक र अवालेकनकर्तालाई स्थलगत अध्ययनको अवसर, व्यापार व्यवसायमा संलग्न हुन चाहनेहरुलाई स्वरोजगारको प्रोत्साहन, निति निर्माण र सुधारका निमित्त व्यवहारिक सुझाव प्राप्त हुने अवसर आयोजकले अपेक्षा लिएको छ ।

यसैगरी विदेशी व्यापारीहरु सँग अनुभव आद्रान प्रदान, व्यापारको सम्भाव्यता, अध्ययन, विकास र व्यवस्थापन तथा प्रबद्र्धन, स्थानिय क्षेत्रको पहिचान र विकास, अटो व्यवसायी प्रति आकर्षण र बजार प्रबद्र्धन, कृषिलाई व्यवसायीकरण तर्फ उन्मुख अयोजक संस्था रुपन्देही व्यापार संघका द्धितिय उपाध्यक्ष पदम प्रसाद श्रेष्ठ बताउछन् ।

मेला अवलोकन गर्न आउनेहरुका लागि दुई थरी टिकटको व्यवस्था आयोजकले गरेको छ । मेला अवलोकन गर्न आउने दर्शकहरुका लागि प्रतिव्यक्ति रु ५० टिकट दर कायम गरिएको छ । त्यस्तै अशक्त, अपांग र विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा ४० रुपैया टिकट लाग्ने छ । त्यसतै यस बर्ष देखि मेलामा अर्को नयाँ टिकट दर पनि कायम गरिएको छ ।

व्यवसायीहरुलाई सुविधाका लागि भन्दै प्रत्येक दिनको १२:३० देखि २:३० सम्म आवश्यकता अनुसार १ सय रुपैयाको टिकट रहेको समेत आयोजकले जानकारी दिएको छ । यो टिकट लिएका व्याक्तिहरुले सम्पूर्ण स्टलहरु घुम्नु नपर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन