२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो

२०७६, २५ श्रावण शनिबार ०४:००

साउन २५, धादिङ | बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको  मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । 

शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो । यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो ।  मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय विजय कुर्मीको मात्र सनाखत भएको छ ।


पृथ्वी यायायात समितिमा आबद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो । केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए । दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौँमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ । बसमा  ४२ यात्रु, चालक र सहचालक सवार थिए । दुर्घटनामा २० भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा