२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा कर्मचारी नहुँदा वडा कार्यालय, कार्यालय सहयोगीको भरमा

२०७६, २९ श्रावण बुधबार ०८:३४

साउन २९, बैतडी  |  जनप्रतिनिधी निर्वाचित भएरको दुई वर्ष सम्म पनि बैतडीका स्थानीय तहमा कर्मचारी  पदपूर्ती नहुँदा कामकाज प्रभावित भएको छ। स्थानीय तहमा कायम भएको दरबन्दी अनुसारका कर्मचारी पूर्ती नहुँदा कार्य सम्पादनमा समस्या भएको हो ।

नौँ वटा वडा रहेको सिगास गाउँपालिकाका छ जना प्राविधिक सहायकलाई वडा सचिवको जिम्मेवारी दिएर काम कामकाज चलाईरहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। वडा कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रभावित भएको सिगास गाउँपालिका एक वडाका अध्यक्ष रामबहादुर बिष्टले बताए। यस्तै मेलौली नगरपालिकाका वडामा सचिव नहुँदा कामकाजमा समस्या भएको नगरपालिकाका नायव सुब्बा प्रेम बिष्टले जानकारी दिए। शिवनाथ गाउँपालिकाका छ वडा मध्ये तीन मात्रै सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत धुव्र दयालले जानकारी दिए।

जिल्लाका सबैजसो पालिका र वडामा कर्मचारीको अभाव रहेको छ। समायोजनका कारण स्थानीय तहबाट भएका कर्मचारी पनि सरुवा भएका छन् भने स्थानीय तहमा कर्मचारी आएका छैनन्। कर्मचारीको अभावले धेरै जसो वडा कार्यालय कार्यालय सहयोगीले चलाईरहेका छन्। जिल्लाका १० वटै  स्थानीय तहका वडाहरुमा कर्मचारीको अभाव रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा