बाग्लुङमा एक महिला मृत फेला

साझासवाल
1 Min Read

<p><b>साउन ३०, गलकोट । </b>जैमिनी नगरपालिका–२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल आज मृत फेला पर्नुभएको छ ।&nbsp; &nbsp;नगरपालिका–४ स्थायी घर भई हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आउनुभएकी ढकाल आफू बसेको घर नजिकैको&nbsp; सडकको नालीमा घोप्टो अवस्थामा उहाँको शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।&nbsp;</p><p>श्रीमान् रोजगारीका लागि विदेश रहनुभएका मृतक ढकालको&nbsp; एक छोरा पोखरामा बस्दै आएको र एक छोरी पनि केही दिनदेखि आफन्तकोमा रहेको प्रहरीले जानकारी दिएको छ ।&nbsp; </p><p>मानसिकरूपमा कमजोर ढकाल धारोमा नुहाउन जाने क्रममा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको प्रहरीले&nbsp; &nbsp;अनुसन्धानपछि मात्र वास्तविकता&nbsp; थाहा हुने जनाएको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply