२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

पत्रकारको दुर्घटनाबाट मृत्यु

३२ श्रावण २०७६, शनिबार ०९:५९

साउन ३२, रुपन्देही | रुपन्देहीबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा आज एक  पत्रकारको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साहास्थित पूर्व–पश्चिम राजमार्गमा बा१६प २२३५ नम्बरको स्कारपियो दुर्घटना हुँदा रेडियो नेपाल रुपन्देही तथा बुटवल टुडेका संवाददाता ४२ वर्षीय डायल्सन अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।

प्रहरीका अनुसार उछिन्ने क्रममा अनियन्त्रित भई पार्किङ गरी राखिएको स११ प ४६२९ नम्बरको स्कुटीमा ठक्कर लागेर स्कारपियो पल्टिएको हो । समो मोटरमा सवार रुपन्देही उद्योग वाणिज्य सङ्घका अध्यक्ष ५२ वर्षीय झविन्द्रप्रसाद कँडेल (जेपी कँडेल), तिलोत्तमा नगरपालिका–१ का वडाध्यक्ष ४६ वर्षीय रामनाथ पाण्डे, वडा नम्बर ५ का वडा अध्यक्ष ४६ वर्षीय सोहन चौधरी थारू र चालक रुपन्देही सियारी गाउँपालिका ५ का ३६ वर्षीय अशोक भण्डारी घाइते भएका छन् । 

कँडेलको बायाँ हात र अनुहारमा, पाण्डेको टाउकोमा, थारुको टाउको र अनुहारमा र चालक भण्डारीको अनुहारमा चोट लागेको छ । घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो । घाइतेमध्ये चालक भण्डारी गम्भीर रहेको उहाँले बताउनुभयो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य