२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको एघार स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषित

२०७६, ६ भाद्र शुक्रबार १०:३५

 भदौ ६, महोत्तरी ।  जिल्लाका ११ स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा गरिएका छन् । पछिल्लोपटक मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएपछि स्थानीय तहको सङ्ख्या ११ पुगेको हो । 

भदौमा महोत्तरी गाउँपालिका र मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएका हुन् । बिहीबार खुला दिसामुक्त क्षेत्र घोषणा भएको मटिहानी नगरपालिका क्षेत्रमा पाँच हजार २२७ घरधुरी छन् ।

जिल्लाका १५ स्थानीयतहमध्ये अब मटिहानीसहित भङ्गाहा, बर्दिवास, गौशाला, रामगोपालपुर, बलवा र मनराशिशवा नगरपालिका एवं महोत्तरी, सम्सी, सोनमा र पिपरा गाउँपालिकासमेत ११ स्थानीय तह खुला दिसामुक्त क्षेत्र भएका जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलेले जनाएको छ । 

अब जिल्लाका औरही, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा गाउँपालिका मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छन् । बाँकी स्थानीय तहमा शौचालय निर्माण र सरसफाइसम्बन्धी काम अघि बढेकाले भदौ मसान्तभित्रै जिल्ला नै खुला दिसामुक्त क्षेत्र घोषणा भइसक्ने जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला खानेपानी  सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहले जानकारी दिनुभयो । 

जिल्लाका १५ स्थानीयतहमा कूल एक लाख ११ हजार ३४ घरपरिवारमध्ये अब शौचालय नहुने घर तीन अङ्कमा झरेको छ । अब ७०० हाराहारी घरमा मात्र शौचालय बन्न बाँकी रहेका अध्यक्ष सिंह बताउनुहुन्छ । जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानमा युएन ह्याविटेट, युनिसेफ र एसएनभी नेपालसहितका अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था र जिल्लामा कार्यरत १० वटा सामाजिक सङ्घसंस्थाले जिल्ला समन्वय समिति र स्थानीय तहको समन्वयमा काम गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन