४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्याङ्जाकि एक किशोरी १० दिनदेखि सम्पर्कविहीन, झोला र कागजपत्र मात्र भेटियो

१६ भाद्र २०७६, सोमबार १०:३२

भदौ १६, स्यांग्जा | यहाँकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी आमा सरस्वती डोटेलले बताउनुभयो । 

 भदौ ७ गते पुल्चोक इञ्जिनीयरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि अहिलेसम्म उनको केही अत्तोपत्तो नलागेपछि आफूहरु चिन्तामा डुबेको आमा सरस्वती डोटेलले दुखेसो गर्नुभयो । सरस्वतीले भन्नुभयो “यतिका दिन भयो जताततै खोजिरहेका छौँ र पनि यताउता कतै अत्तोपत्तो छैन, छिटोभन्दा छिटो छोरीको अत्तोपत्तो लाउन पाए हुन्थ्यो ।”


काठमाडौँबाट हराइरहेकी रेजिनाको पोखरा बागमारास्थित सेतीनदी किनार मझौरेघाटमा उनको कागजातसहितको झोला आइतबार फेला परेको बेपत्ता किशोरीका मामा दिवस भण्डारीले बताउनुभयो ।  दिवसले भन्नुभयो, “झोला तथा कागजात नदी किनारमा फेला परेकाले झोला भेटिएको स्थानदेखि तलतिरका ठाउँमा प्रहरी, स्थानीयवासी, परिवारजन तथा आफन्तहरुले निरन्तर खोजीकार्यलाई जारी राखेका छौँ ।”

मानसिक अवस्था तन्दुरुस्त रहेकी भाञ्जीले मोबाइल तथा सामाजिक सञ्जालको प्रयोगसमेत नगर्ने गरेको दिवसले बताउनुभयो । रेजिना काठमाडौँस्थित गोल्टेनगेट कलेजमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत छात्रा हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ