२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

तीजकै दिन खुर्पा प्रहार गरि श्रीमतीको हत्या

१७ भाद्र २०७६, मंगलवार ११:५१

भदौ १७,रुकुम | खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई आज बिहान २ः१५ बजेको समयमा घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । 

उनीसँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ । उनले के कारणले श्रीमतीको हत्या गरेका हुन् भन्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु