२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा दुई दिनदेखि अनिश्चितकालीन अनसन जारी

२४ भाद्र २०७६, मंगलवार १५:२८

भदौ २४, बैतडी । नेपाल—भारत सीमानाका बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि दबाब दिन बैतडीमा गएको दुई दिनदेखि अनिश्चितकालीन अनसन जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालयअगाडि उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा आइतबारदेखि रिले अनसन शुरु भएको हो ।

उद्योग बाणिज्य संघका अध्यक्ष चन्दको संयोजकत्वमा झुलाघाट पक्की पुल निर्माण संघर्ष समिति गठन गरी रिले अनसन जारी रहेको हो ।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीवासीले दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिँदै आएका भए पनि अहिलेसम्म पक्की पुल निर्माण हुने कुनै छाँटकाँट नदेखिएको रिले अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक चन्दले बताउनुभयो ।

अनसनमा उद्योग बाणिज्य संघसँगै निर्माण व्यवसायी संघ, यातायात व्यवसायी संघ, रेडक्रस, पत्रकार महासंघ तथा होटेल व्यवसायी संघले समेत ऐक्यबद्धता जनाएको छ।


नेपाल तथा भारतको सिमानदी झुलाघाटमा पुल निर्माण भएमा व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै बिगत २ दशकदेखि माग राख्दै आए पनि सुनुवाइ नभएकाले अनसन शुरु गरिएको हो।

सीमा वारपार गर्न झुलाघाटमा हाल वर्षौं पुरानो जीर्ण झोलुंगे पुलबाट गर्नुपरेको छ।यसैबीच बैतडीका पूर्वसांसद तथा नेकपा केन्द्रीय सदस्य नरेन्द्र कुँवर, प्रदेशसभा सदस्यद्वय प्रेमप्रकाश भट्ट र लिलाधर भट्टले अनसनकारीलाई भेटेका छन्। 

यसका साथै बैतडीको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँद र उपाध्यक्ष कुष्मा चन्दले पनि अनसनरतलाई भेट्नुभएको छ।

अनसनकारीलाई भेट्दै उहाँहरूले माग स्वभाविक रहेकाले आफ्नो तर्फबाट गर्नुपर्ने पहल गरिने बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु