२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको खोलामा बगेकी बालिका चमेलिया नदीमा मृत फेला

२५ भाद्र २०७६, बुधबार १६:३२

भदौ २५, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकामा रहेको गन्नीगाड खोलामा बगेर बेपत्ता भएकी एक बालिका आज चमेलिया नदीमा मृत फेला परेकी छन् । 

मृत फेला पर्नेमा डिलाशैनी गाउँपालिका–२ अमरखेतकी १० वर्षीया सोबी घरेडी रहेकी सीमार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीरसिंह चैसिरले जानकारी दिनुभयो । 

मङ्गलबार दिउँसो गन्नीगाड खोलामा पौडी खेल्न गएकी सोबीलाई खोलाले बगाएको थियो । गन्नीगाड खोलाले बगाएर बेपत्ता बालिकाको खोजी गर्दै जाँदा आज साँझ डिलाशैनी गाउँपालिका छेपट्टा नजिक चमेलिया नदी किनारमा मृत फेला परेकी हुन् । 

पुर्चौडीमा सडक दुई महीनादेखि अवरुद्ध 

बैतडीको पुर्चौडी नगरपालिकाअन्तर्गतका शाखा सडक गएको दुई महीनायता अवरुद्ध रहेका छन् । वर्षात्का कारण अवरुद्ध बनेका सडक अझै सञ्चालन हुन सकेका छैनन् । 

नेपालीहरुको मुख्य चाड विजयादशमी नजिकिँदै जाँदासमेत स्थानीय सरकारले अवरुद्ध ती सडक पुनःसञ्चालन गर्न कुनै पहल नगरेको स्थानीय बासिन्दाको आरोप छ । ढोल्यामोडदेखि पुर्चौडीको मुख्यबजार हाटसम्म नियमितरूपमा यातायात सञ्चालनमा रहे पनि शाखा सडक अवरुद्ध रहेको स्थानीय अनिरुद्र जोशीले जानकारी दिनुभयो ।  

हाट–साँफेबजार, हाट–नकाली, हाट–भूमिराज, हाट–मल्लादेही जोड्ने सडक र कुवाकोट–भटना सडक वर्षात्का कारण अवरुद्ध भएका हुन् । शाखा सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्नसमेत समस्या हुने गरेको छ । पुर्चौडी नगरपालिकाले अवरुद्ध रहेका शाखा सडक दशैँपछि मात्रै सञ्चालन हुने जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु