२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

कहाँ हराउँछन् रोल्पाका महिला ?

२०७६, २६ भाद्र बिहीबार ०९:५३

भदौ २६, रोल्पा । बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन ? हराएकाहरु कसरी फेला पर्छन् ? 

जिल्ला प्रहरी कार्यालय रोल्पाको अभिलेखअनुसार आर्थिक वर्ष २०७३/७४ मा ५६ जना महिला हराए । यसरी हराएका महिलामध्ये ४१ जना मात्रै फेला परे । त्यस वर्ष हराएका ८ जना भेटिएनन् । आव २०७४/७५ मा हराएका ५५ मध्ये ५० जना फेला परे भने पाँच जना फेला पर्न सकेन । गएको आवमा ५६ जना महिला हराए । हराएकामध्ये ४ जना मात्रै फेला परे । बाँकी ५२ जना अझै फेला पर्न सकेको छैन ।

हराएको भनी उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका छन् । अभिभावकले दिएको हुलियाका आधारमा खोजी गरिँदा भेटिएका र आफैं घर फर्केका समेत गरी बितेको ३ वर्षमा ९५ महिला फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार अझै ६५ जना फेला पर्न सकेका छैनन् ।

हराएकाहरुका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटहरुलाई हुलियासहित जानकारी गराउने गरिएको छ । हुलियाकै आधारमा प्रहरीले हराएकाहरुलाई फेला पर्ने गरेको छ । हराएकामध्ये ठूलो सङ्ख्याका महिलालाई प्रहरीले काठमाडौंका ईंटा भट्टामा फेला पर्ने गरेको छ । इँटा भट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकांश महिला परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइन्छ । राम्रो लाउने, मिठो खाने लहडमा दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिई भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ ।

परिवारलाई अत्तोपत्तो नदिई घर, विद्यालय, पसल, घाँस, दाउरा तथा पँधेराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको बताइन्छ । हराएका सदस्यको खोजीमा लामो समय बित्ने गरेको अभिभावक वर्गको दुःखेसो छ । यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीले बताएको छ । पारिवारिक बेमेलका कारण पनि उनीहरु आफूखुशी घर छाडेर हिँड्ने गरेको बताइन्छ । ‘मादक पदार्थ सेवन सँगै हुने पारिवारिक बेमेलले महिलाहरुलाई घर छाड्न बाध्य पार्छ’, जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी सहायक निरीक्षक मीना विकले भनिन् ।

यसरी हिँडेका महिला तथा बालबालिका ईंटा भट्टा, होटेल तथा भारतका विभिन्न स्थानमा रोजगारीमा संलग्न रहने गरेको पाइन्छ । परिवारका सदस्य हराउँदा आत्तिएर प्रहरीलाई खबर गर्न आउने तर, सम्पर्कमा आउँदा प्रहरीलाई जानकारी नगराउने कार्यले पनि हराउनेको सङ्ख्या अधिक देखिने गरेको प्रहरीको भनाइ छ । हराएका नागरिक सम्पर्कमा आए/नआएको जानकारी सुरक्षा निकायमा हुनु जरुरी भए पनि त्यसका लागि प्रहरी वा अन्य सरकारी निकायले संयन्त्र निर्माण गर्न नसकेको पाइएको छ । नागरिकको कर्तव्यबोध गर्दै हराएकाहरु सम्पर्कमा आउने बित्तिकै प्रहरीमा खबर गरे तथ्याङ्क अद्यावधिक गर्न सहज हुने प्रहरीको अपेक्षा छ ।

घरबाट भागेर हिँडेका तर सम्पर्कमा आउन नसकी अलपत्र परेका कैयौं महिलालाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाउने गरेको छ । अघिल्लो वर्ष ईंटा भट्टा जान भनी घरबाट हिँडेर पनि दलालसँग सम्पर्क हुन नसकेका पाँच महिलालाई प्रहरीले आफन्तको जिम्मा लगाएको थियो । यसरी अलपत्र पर्नेमा बालबालिकासमेत रहने गरेका छन् । बालश्रमिकहरुलाई नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन) लगायतका संस्थाले समेत उद्धार गरी प्रहरीलाई जिम्मा लगाउने गरेका छन् । त्यस्ता बालबालिका प्रहरीमार्फत परिवारसम्म पुग्ने गरेका छन् । अघिल्लो वर्ष ललितपुरको एक संस्थाले रोल्पाका एक दर्जनभन्दा बढी बालबालिकालाई ईंटा भट्टाबाट उद्धार गरी प्रहरी तथा महिला बालबालिका कार्यालयको रोहवरमा आफन्तको जिम्मा लगाएको थियो ।

गरिबी, अज्ञानता, मादक पदार्थ सेवनका कारण पारिवारिक बेमेल जस्ता कारण महिलाहरु घर छाड्न बाध्य हुने गरेको पाइन्छ । गाउँकै नाइकेको लहलहैमा धन कमाउने आशामा ईंटा भट्टा जाने महिलाको सङ्ख्या धेरै देखिन्छ । परिवारको संरक्षण र सूचना बिना त्यसरी जाने महिलाहरु थप जोखिममा पर्ने गरेको महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ । आचार्यका अनुसार उनीहरु यौन तथा अन्य हिंसाको समेत शिकार हुने गरेका छन् ।

ईंटा भट्टा गएका महिलाहरु यौन दुव्र्यवहारमा परी बच्चासमेत जन्माउन बाध्य हुने गरेको बताइन्छ । धन कमाउने भन्दै घरबाट भागेर जाने यस्ता महिलामध्ये कतिपय घर फर्कंदा बाबुको पहिचान नखुलेका बच्चा सहित फर्कने गरेका छन् । जिल्लामा पछिल्लो पटक पारिवारिक विखण्डन गर्ने माध्यमको रुपमा समेत यसलाई लिन थालिएको छ । जिल्लामा यस्ता हिंसामा परी बाबुको पहिचान नखुलेका बालबालिकाको सङ्ख्या समेत बढ्दै जान थालेको छ । नेपाली नागरिकता प्रमाणपत्रका लागि उमेर पुगे पनि बाबुको पहिचान हुन नसक्दा उनीहरुलाई नागरिकता लिन कठिनाइ छ ।

श्रम शोषणमा पर्दैआएका उनीहरु लामो समय न्यून ज्यालामा काम गर्न बाध्य हुने गरेको बताइन्छ । ‘अतिरिक्त काम गर्दा समेत निकै कम ज्याला मात्र उनीहरुलाई दिइन्छ’ घरबाट भागेर काठमाडौँस्थित एउटा ईंटा भट्टामा पुगेर फर्किएकी रोल्पा नगरपालिका–४ की एक महिलाले भनिन् – ‘पुरुषलाई ठगी गर्न सक्दैनन् । महिला कामदारलाई ललाइफकाई ईंटा भट्टा लैजाने गरेका छन् ।’

महिला हराउने यो क्रमले परिवारमा मनोवैज्ञानिक असर पर्ने गरेको छ । हराएको लामो समयसम्म अवस्था यकिन हुन नसक्दा उनीहरुको दैनिकीमा समेत प्रभाव पर्ने गरेको बताइन्छ । खोजीका लागि भन्दै काम छोडेर बारम्बार जिल्ला प्रहरी कार्यालय धाउनु पर्दा उनीहरुको आर्थिक व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको छ । घरको आर्थिक अवस्था कमजोर हुनेहरु नै यसरी हराउने गरेकाले खोजीका लागि त्यस्ता परिवारले थप आर्थिक भार खेप्नुपरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै