२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कालोपत्रे हुन सकेन पाटन विमानस्थल

२०७६, २८ भाद्र शनिबार ०७:०२

विनोद सिंह विष्ट,  भदौ २८,  बैतडी । म्याद सकिएको १४ महीना बितिसक्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन । विसं २०७५ को असारमा कालोपत्रे गरी सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल अझै कालोपत्रे हुन नसकेको हो । 

ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा सबै काम सकिएर कालोपत्र मात्रै गर्न बाँकी रहेको निर्माण कम्पनीका इञ्जिनीयर पुरन रावलले बताउनुभयो । निर्माण सामग्रीको अभावले काम पूरा हुन नसकेको उहाँले बताउनुभयो । “ठेक्का भइसकेपछि विविध कारणले समयमै काम शुरु नहुँदा पनि समस्या भएको हो”, उहाँले भन्नुभयो । वर्षात् र अन्य प्राविधिक कारणले केही ढिलाइ भएको र अलकत्रा र गिट्टीको अभावले समयमै कालोपत्रे गर्ने काम नसकिएको रावलको भनाइ छ । 

विमानस्थल निर्माण शुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्द हडताल र निर्माण कम्पनीको पनि केही लापरवाहीले काम समयमै सम्पन्न हुन नसकेको बताइएको छ । पाटन विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । वर्षात् भइरहेकाले कालोपत्रेको काम रोकिएको हो । वर्षात् सकिने बित्तिकै कालोपत्रेको काम शुरु गर्ने इञ्जिनीयर रावलले बताउनुभयो । विमानस्थलाई कालोपत्रे गर्ने कार्यअन्तर्गत बेस, सव बेस र ड्रेनको सबै काम सकिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

विसं  २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम शुरु भएको हो । पाटन विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । 

सो कार्यका लागि मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ । विकास निर्माणका काम समयमै नसकिने रोगजस्तै भइसकेको पाटनका स्थानीय दिनेश विष्टको भनाइ छ । 

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । त्यस्तै २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । 

विमानस्थल कार्यालयका भवन १२ बर्षे द्वन्द्वकालमा ध्वस्त भएको थियो । साथै विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन, खेलमैदान तथा सवारीसाधन सिक्ने मैदानमा परिणत भएको थियो  ।

पाटन विमानस्थल कैलालीको गेटापछि सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । नेपाल सरकारले घोषणा गरेको दश नमूनाध्येको एक शहरमा पर्ने पाटनको विमानस्थल सञ्चालन हुन सक सो क्षेत्रको मात्र नभएर पर्यटक आवागमन बढाउन सकिने विश्वास गरिएको छ । 

सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ । हवाई सेवाको सहजताले पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भुवनेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरीगङ्गा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन